मन्त्री रवीन्द्र अधिकारीले बाँडे ६० करोड , नेपालमा हुन्छ दैनिक अर्बको सट्टेबाजी



प्रतिनिधि सभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । यसैगरी बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७५’ र ‘ऋण तथा जमानत (बाइसौँ संशोधन) विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।

प्रतिनिधि सभाको दोस्रो बैठकले ‘राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक, २०७५ लाई बहुमतले पारित गरेको छ । ‘संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी विधेयक, २०७५’ लाई पनि बहुमतले पारित गरेको छ ।

मन्त्रीले बाँडे ६० करोड
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विभिन्न संस्था र प्रतिष्ठानलाई ६० करोड रुपैयाँ बाँडेका छन् । आर्थिक वर्ष सकिन लाग्दा अधिकारीले मन्त्रीस्तरीय निर्णय गरी संस्कृति प्रवद्र्धन कार्यक्रमअन्तर्गत ‘पुँजीगत अनुदान’ का नाममा अन्धाधुन्ध रकम वितरण गरेका हुन् ।

विभिन्न दलका नेता, साहित्यकार र कलाकारका नाममा खुलेका संस्था र प्रतिष्ठानलाई मनपरी रकम वितरण गरिएको हो । रकम पाउने संस्था र प्रतिष्ठानमा अधिकांश नेपाल कम्युनिस्ट पार्टीका नेता र निकट कलाकार, साहित्यकारका नाममा खुलेका संस्था र प्रतिष्ठान छन् । त्यसमा पनि मन्त्री अधिकारीको गृहजिल्ला कास्कीका संस्था बढी छन् ।, कान्तिपुरमा खबर छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय
सरकारले माथिल्लो त्रिशुली तेस्रो ‘बी’ जलविद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले ३७ मेगावाट क्षमताको यो जलविद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको हो ।

बैठकले खाद्यान्न ढुवानीका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई थप ७ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कामको सञ्चालन, सुपरीवेक्षण र समन्वयसम्बन्धी विधेयक तथा सशस्त्र प्रहरी बल नेपाल सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति दिएको छ ।

नेपालमा हुन्छ दैनिक अर्बको सट्टेबाजी
अहिले विश्वकपको रौनक छ । टोलटोलमा यसको चर्चा पनि छ । सट्टेबाजी पनि त्यही भइरहेको छ । कानून अनुसार सट्टेबाजी एक प्रकारको जुवा हो ।

जुवा खेल्नु खेलाउनु दुवै अपराध हो । तर, नेपालमा पनि विश्वकपका खेलमाथि दैनिक एक अर्बभन्दा बढी रुपैयाँको बाजी लाग्ने गरेको छ । काठमाडौं, ललितपुर, पोखरा, धरान, वीरगन्ज, विराटनगरजस्ता ठूला सहरमा सट्टेबाजी धन्दा चलिरहेको छ । सट्टेबाजीको सबैभन्दा ठूलो खाल काठमाडौंमै चलेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले गल्लीगल्लीमा अहिले सट्टेबाजले बाजी लगाउने गरेको बताए । उनले भने, ‘हाम्रो जानकारीमा आएअनुसार जारी विश्वकप फुटबल खेलमा दैनिक अर्बौँ रुपैयाँको बाजी लाग्ने गरेको देखिन्छ ।

टोलटोल, गल्लीगल्लीमा अहिले फुटबलकै चर्चा छ । हामीले केही सट्टेबाजलाई निगरानीमा राखेका छौँ । केही सूचना आएका छन् ।

-प्रहरीले तीनजना डेढ करोडसहित पक्राउ
-बाजी लगाउने टोलेगुन्डा पनि पक्राउ
-क्यासिनो खेलाडी सट्टेबाजीमा
-साँझ ५ बजेबाट धन्दा शुरु हुन्छ भने बिहान ८ बजेसम्म हिसाब क्लियर हुन्छ
यसमा अनुसन्धान पनि चलिरहेको छ ।’, नयाँ पत्रिकामा खबर छ ।

सुनीता दनुवारलाई ‘टिप हिरो’ अन्तर्राष्ट्रिय सम्मान

मानव बेचबिखनविरुद्धको सङ्घर्षमा आफ्नो जीवन समर्पित गरेबापत नेपालकी सुनीता दनुवारले ‘टिप हिरो’ अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेकी छन् । नेपालभरका पीडित तथा जोखिममा रहेका समुदायहरूलाई सेवा गर्ने प्रतिबद्धताका लागि शक्ति समूहकी सह–संस्थापक तथा कार्यकारी निर्देशक दनुवारलाई सम्मानित गरिएको हो ।

अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पेओले हालै वासिङ्टनमा आयोजित मानव बेचबिखनसम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिकीकरण समारोहमा मानव बेचबिखनविरुद्धको संघर्षमा क्रियाशील दनुवारलगायत विश्वभरबाट १० व्यक्तित्वलाई उक्त सम्मानबाट सम्मानित गरेकी अमेरिकी दूतावासले जनाएको छ ।

विद्यार्थी संगठनको एकताका लागि मस्यौदा तयार गरिने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी एक भएसँगै विद्यार्थी संगठनको पनि एकता प्रक्रिया शुरु भएको छ । पार्टीकै निर्देशनअनुसार अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)बीच एकता प्रक्रिया शुरु भएको छ ।

दुवै संगठनको संयुक्त सचिवालय बैठक बसी एकता प्रक्रिया शुरु गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछाने जानकारी दिए ।
उनका अनुसार एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउनका लागि बैठकले विधान, राजनीतिक तथा शैक्षिक दस्तावेज र संगठन समायोजन मस्यौदा तयार गर्ने सहमति गरेको छ ।

बुद्ध एयरको काठमाडौं—वाराणसी उडान शरु
बुद्ध एयरले काठमाडौंबाट भारतको वाराणसी उडान शुरु गरेको छ । अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गर्दे हप्ताको २ पटक सेवा शुरु गर्न लागेको कम्पनीले जनाएको हो ।
पर्यटनमन्त्री रवीन्द्र अधिकारीले उडानको उद्घाटन गर्दे बुद्ध एयरको नयाँ उडानले नेपाल—भारतबीच अझ पर्यटनको विकासमा टेवा पुग्ने बताए ।

सुर्खेत–हुम्ला सीधा हवाई यातायात शुरु
कर्णाली प्रदेशका सबै जिल्लामा सीधा हवाई यातायात जोड्ने प्रदेश सरकारको नीतिसँगै शुक्रबारदेखि सुर्खेत–हुम्ला सीधा हवाई यातायात शुरु भएको छ ।  सीता एयरलायन्सको कलसाइन ९एनएजेएचको डोनियर विमानमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफैँ चढेर सुर्खेत–हुम्ला यातायातको उद्घाटन गरे ।

मुख्यमन्त्री शाही र पर्यटनमन्त्री नन्दसिंह बुढासहित ११ यात्रु बिहान १० बजे सीधा उडानमा हुम्ला पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक

देशभर मनसुनी वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

     देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्य

बाढीपहिरोमा परी २३९ को मृत्यु , १८ जना अझै बेपत्ता

    अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु