प्रचण्ड नभएकाे माैका छाेप्दै अाेलीले थर्काएपछि यी सा‌ंसदकाे बाेलीमा परिवर्तन , नेकपामा मच्चियाे खैलाबैला



हाम्रो इकोनोमि

सत्तारुढ दल नेपाल काम्युनिस्ट पार्टी ९नेकपा०का सांसद योगेश भट्टराईले आगामी आर्थिक वर्षको लागि सरकारले ल्याएको बजेटमा अधिका‌ंस समुदाय तथा क्षेत्रलार्इ उपेक्षित गरिएको भन्दै गत सोमबारको प्रतिनिधिसभाको बैठकमा बजेटको आलोचना गरेका थिए ।

बजेटको आलोचना गरेपछि प्रम केपी ओलीले निर्देशन अटेरी गरेको भन्दै शब्दै शब्दैले नेता भट्टराईलार्इ थर्काए थिए। स्रोतका अनुसार ओलीले थर्काएपछि अब यस्तो नबोल्ने प्रतिबद्धता गरेका थिए। सोही अनुरुप शुक्रबार इलाम आएका नेता भट्टराईले एक औपचारिक कार्यक्रममा सरकारले जनताको अपेक्षाअनुसार काम  गरिरहेका अभिब्यक्ति दिएका छन्।

इलाममा बिहीबारबाट सञ्चालित १ नम्बर प्रदेशस्तरीय युवा भेलामा सहभागी हुदैँ उनले युवा शक्तिलाई समेट्ने खालका कार्यक्रम अगाडि ल्याइने तयारीमा सरकार जुटेको बताए।

प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्न केन्द्र र प्रदेश सरकारले चासो राखेको बताउँदै यसका लागि आवश्यक बजेटसमेत विनियोजनको तयारी गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...