प्रचण्ड नभएकाे माैका छाेप्दै अाेलीले थर्काएपछि यी सा‌ंसदकाे बाेलीमा परिवर्तन , नेकपामा मच्चियाे खैलाबैला



हाम्रो इकोनोमि

सत्तारुढ दल नेपाल काम्युनिस्ट पार्टी ९नेकपा०का सांसद योगेश भट्टराईले आगामी आर्थिक वर्षको लागि सरकारले ल्याएको बजेटमा अधिका‌ंस समुदाय तथा क्षेत्रलार्इ उपेक्षित गरिएको भन्दै गत सोमबारको प्रतिनिधिसभाको बैठकमा बजेटको आलोचना गरेका थिए ।

बजेटको आलोचना गरेपछि प्रम केपी ओलीले निर्देशन अटेरी गरेको भन्दै शब्दै शब्दैले नेता भट्टराईलार्इ थर्काए थिए। स्रोतका अनुसार ओलीले थर्काएपछि अब यस्तो नबोल्ने प्रतिबद्धता गरेका थिए। सोही अनुरुप शुक्रबार इलाम आएका नेता भट्टराईले एक औपचारिक कार्यक्रममा सरकारले जनताको अपेक्षाअनुसार काम  गरिरहेका अभिब्यक्ति दिएका छन्।

इलाममा बिहीबारबाट सञ्चालित १ नम्बर प्रदेशस्तरीय युवा भेलामा सहभागी हुदैँ उनले युवा शक्तिलाई समेट्ने खालका कार्यक्रम अगाडि ल्याइने तयारीमा सरकार जुटेको बताए।

प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्न केन्द्र र प्रदेश सरकारले चासो राखेको बताउँदै यसका लागि आवश्यक बजेटसमेत विनियोजनको तयारी गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...