नेपालमा चीनीया रेलको बारेमा अहिलेसम्म संभाव्यता अध्ययन नै भएको छैन, रेल आउने कुरा त परको कुरा हो डा शकर शर्मा
० नेपालका प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको यो भ्रमण कत्तिको सफल रह्यो भन्ने ठान्नु हुन्छ ?
–अहिले नेपालमा स्थायी सरकार छ । निर्वाचनबाट आएको स्थायी सरकार भएकोले धेरै अपेक्षा पनि छ नागरिददेखि अन्तर्राष्ट्रिय समुदायसम्म । यसले गर्दा अहिलेको भ्रमणलाई त्यसरी नै विश्लेषण गर्नुपर्ने हुन्छ ।
नेपालको स्थायी सरकारको नेतृत्व गरेर प्रधानमन्त्री ओली चीन भ्रमणमा जानुभएकोले केही सकारात्मक र र सम्बन्ध सुधारमा राम्रो संकेत देखिएका छन् । दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउनलाई दुवै देशले प्रयत्न गरेको देखिन्छ । त्यसलै यसलाई सफल नै मान्नुपर्छ ।
० भ्रमणको सफलता कति माग्न सकियो भन्नेले निर्धारण गर्ने गरेको छ नेपालको सन्दर्भमा । यस अगाडि भारत भ्रमण पनि भएको थियो । तत्काल फलदायी हुने त केही देखिदैन भन्नेहरू पनि छ नि ?
–पहिलाको तुलनामा अहिले भारतसंग सम्बन्ध सुधार भएको छ । दुई देशवीचको सम्बन्धमा सुधार भएकोले भारतको भ्रमण पनि सफल नै भएको मान्नुपर्छ ।
नेपालले भारत र चीनसंग सम्बन्ध राम्रो बनाउनै पर्नेछ । अर्थतन्त्र र राजनीतिक शक्तिको हिसावले पनि दुई देश निकै शक्तिशाली भएका छन् । त्यस अर्थमा सम्बन्धमा सुधार आवश्यक थियो । नेपालबाट विदेश भ्रमणमा जाँदा माग्ने मात्रै गरेको कुरा ठूलो होइन । सामान्यतः यस्तो हुन्छ ।
० तर, नेपालसंग जति पनि परियोजनाहरू सम्झौता हुन्छन् ती सबैमा कार्यान्वन समस्या छ । यसको कारण के हो ?
–नेपालले सम्झौता गरेका धेरै परियोजनाहरूको कार्यान्वनमा समस्या वा ढिलासुस्ती छ । जति पनि सम्झौता हुन्छन् र भएका छन ती परियोजनाको कार्यान्वयन सबैभन्दा ठूलो कुरा हो । ठूला आयोजना वा परियोजना कार्यान्वयनमा आउने निश्चित प्रक्रिया हुन्छन् । ती प्रक्रियाको ढिलासुस्तीले पनि समस्या आउने गरेको हुन्छ ।
ठूला परियोजना कार्यान्वयनमा आउन संभाव्यता अध्ययन गर्नुपर्छ । संभाव्यता अध्ययन गरेपछि विस्तृत परियोजना रिपोर्ट तयार गर्न समय लाग्छ । परियोजनाका लागि सम्झौता गरिहाल्ने तर त्यसको संभाव्यता अध्ययन गरेर काम थाल्ने ढिलाइ हुन्छ । यसले गर्दा पनि ढिलाई हुने गरेको छ ।
० अहिले चीनसंग रेलको कुरा गरिएको छ । केही बर्षभित्रै नेपालमा रेल आउने सपना बाँडिएको छ । तर विगतको अवस्था हेर्दा यो सम्झौता कसरी कार्यान्वयन होला र ?
–हो, रेलको कुरा गरिएको छ । र, यो भारत र चीन दुवै देशसंग रेलको कुरा भएको छ । त्यसका लागि संभाव्यता अध्ययन गर्ने भनिएको छ । त्यसपछि मात्रै डीपीआर तयार गर्नुपर्ने हुन्छ ।
नेपालको रेलको बारेमा अहिलेसम्म संभाव्यता अध्ययन नै भएको छैन । त्यसकारण अब संभाव्यता अध्ययन गर्दा नहुने रहेछ भने के गर्ने भन्ने विकल्प पनि हामीसंग छैन । त्यसो गर्दा यो ४ बर्ष त्यत्तिकै वित्न सक्छ । यस्ता समस्याले पनि परियोजना सञ्चालन गर्न समस्या हुन्छ ।
० अहिले चीनको खास चासो नेपालमा के हो भन्ने ठान्नु हुन्छ ?
–नेपाल भूराजनीतिक चासो भएको मुलुक हो । त्यस अर्थमा चीनको पनि त्यो जोडिएको छ । त्यसले गर्दा नेपालमा चीनको राजनीतिसंगै व्यापारको पनि चासो छ ।
नेपाल आफैमा ठूलो बजार त होइन तर पनि यसकै आफ्नै महत्व छ । चीनले नेपालमा फ्री टे«डको कुरा पनि गरेको छ । उसले पटकपटक यो कुरा उठाउने गरेको छ । त्यसमा हामीले पनि आफ्नो चासो अनुसारको कुरा उठाइरहनुपर्छ । अनि नेपालको पनि टे«ड ट्रिटीको कुरा छ । हामीले यो कुरालाई पनि निरन्तर उठाइरहनुपर्छ ।
० चीनसंग अहिले भएका परियोजनाहरू कार्यान्वयन हुने कति अपेक्षा गर्नु हुन्छ ?
–अहिले चीनसंग भएका रेललगायत केही परियोजना दीर्घकालीन प्रकृतिका छन् । लामा प्रकृतिका परियोजनाहरू भएकाले कार्यान्वयनमा केही जटिलता आउन सक्छ । सबैभन्दा ठूलो कुरा ठूला र दीर्घकालीन परियोजना कार्यान्वन गर्न संभाव्यता अध्ययनदेखि डीपीआरसम्मको काम गर्नुपर्ने हुन्छ ।
संभाव्यता अध्ययन गर्दा नै नहुनेजस्तो भयो भने के गर्ने भन्ने कुरा आउँछ त्यसले गर्दा परियोजनाहरू कार्यान्वयनमा समस्या हुन्छ । विगतमा भएका थिए । भोलि पनि हुन सक्छ । त्यसै कारणले परियोजनाहरू पनि प्राथमिकीकरण गरेर जान सकिन्छ । त्यसो गर्दा विकल्पहरूको खोजी छिटो हुन्छ ।
० चीनसंग विगतमा भएका परियोजना सम्झौतामध्ये केही परियोजनाको काम नै अगाडि नबढ्ने र केही वीचमै अलमलिने जस्तो देखिन्छ । अहिलेका सम्झौता पनि त्यस्तै नहोला भन्न सकिन्छ र ?
–नेपालमा पहिला पहिला चीनले जिम्मा लिएका परियोजना समयमै सकिन्छ भन्ने बुझाइ थियो । तर, अहिले केही ढिलाई हुन थालेको छ । नेपालमा परियोजनाहरू होल्ड गर्ने प्रवृत्तिको पनि विकास भएको छ ।
यो चीनको मात्रा समस्या होइन । त्यसकारण्ले अहिले भएका सम्झौताहरू पनि ढिलाई होला भन्न सकिन्छ तर अब त्यो हुँदैन भन्ने मेरो विश्वास छ ।
० तपाईले अब परियोजनाहरू कार्यान्वयनमा सहज हुन्छ भन्नु भयो । अर्थात् होल्ड गर्ने प्रवृत्ति कम हुन्छ भन्न खोज्नुभएको छ । खासमा के कारणले त्यसो भन्नुभएको हो ?
–नेपालमा अहिले बहुमतसहितको ५ बर्षका लागि स्थायी सरकार छ । स्थायी सरकार भएकोले परियोजनासहरू सञ्चालन र कार्यान्वयनमा सहजता हुन्छ ।
अर्थात् काम गर्ने प्रक्रियाहरूमा अलमल हुने संभावना छैन । त्यस अर्थमा अब परियोजनाहरू कार्यान्वनमा आउँछ भन्ने विश्वास छ । चाँडो कार्यान्वन गर्न सकिने अहिलेको अवस्थमा पनि परियोजनाहरू कार्यान्वनमा ढिलाई भयो भने चाहिं समस्या हो । त्यसका लागि अहिले सम्झौता भएका परियोजना पनि तत्काल कार्यान्वनमा लैजाने गरि तयारी थाल्नुपर्छ ।
० सम्झौता भएका परियोनजाहरू कार्यान्वनमा नआउनुमा प्रक्रियागत समस्या हो ?
–नेपालको तर्फबाट मात्र होइन, उत्तापट्टिका पनि केही समस्या छन् । उता पनि केही प्रक्रियागत समस्या हुन्छन् । केही प्राविधिक समस्यादेखि यता नेपालको तर्फ जग्गा अधिग्रहण पनि समस्या छ ।
मुआव्जा वितरणमा समस्या छ । अनि हाम्रो समस्या फेरि सरकारी तयारीमा पनि हो । तयारी नगरी परियोजनाबारे सम्झौता गरिहाल्ने तर काम नहुने भन्ने प्रवृत्ति छ ।
० अब परियोजना चाँडो हुन्छ भन्ने कुरामा तपाईमा विश्वास देखिन्छ । तर, विगतमा पारवाहनदेखि रेलसम्मको सपना त कसरी होला ? बजेटको अभाव छ ?
हो, हामीले सपना ठूला देखेका छौं । हुन त सपना देख्नु पनि पर्छ । तर, त्यसलाई कार्यान्वनमा पनि लैजानुपर्छ । हो, चीन र भारतबाट रेल नेपालमा आउँछन् ।
तर, ती रेलले उताबाट सामान बोकेर आउछन अनि यताबाट के बोकेर जान्छन् भन्ने कुरा ठूलो हुन्छ । नेपालको उत्पादन बढाउन सकिएन भने ती रेलले आयात बढाउछन् ।
हाम्रो कृषि उत्पादनको बजारलाई असर पार्छ । हामी मान्छेमात्रै उता जाने हो भने त रेल आउनुको के अर्थ भनेर प्रश्न उठ्न सक्छ । त्यसका लागि नेपालको कृषि उत्पादनमा जोड दिनुपर्छ । साँघु अनलाईनबाट