चितवनमा बढ्दै अपराधका श्रृङ्खलाहरु, पाँच महिनामै घट्यो यति धेरैे घटना



हाम्रो इकोनोमि

पाँच महिनाको अवधिमा जघन्य अपराधका तीन दर्जन घटना भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनमा सन् २०१८ जनवरीदेखि मेसम्ममा ३६ वटा जघन्य अपराधका मुद्दा दर्ता भएका हुन् ।

अनौपचारिक सेवा केन्द्र ९इन्सेक० चितवनले आज यहाँ आयोजना गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक, २०१८ को अर्धवार्षिक समीक्षा एवं जिल्लाको मानवअधिकारको अवस्था विषयक अन्तक्र्रियामा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । सो समयमा १३१ घरेलु हिंसाका मुद्दा दर्ता भएको तथ्याङ्कमा उल्लेख छ ।

इन्सेक जिल्ला प्रतिनिधि दीपेन्द्र अधिकारीका अनुसार जघन्य अपराधमा बालबालिकामाथि हुने यौन दुव्र्यवहारका घटना बढी रहेका छन् । पाँच महिनामा १५ वटा बालबालिका यौन दुव्र्यवहारमा परेका छन् । उनीहरुमध्ये १३ वटा बालिका जबर्जस्ती करणी, एक बालक र एक बालिकामाथि दुव्र्यवहार भएको छ ।

यस्तै महिलामाथि हुने यौन हिंसाका घटना आठ वटा छन् । तीमध्ये तीनवटा जबर्जस्ती करणी र पाँचवटा करणी प्रयासका छन् । यो अवधिमा बेचबिखनमा चारवटा, बहुविवाहमा पाँचवटा र हत्यामा तीनवटा मुद्दा दर्ता भएको अधिकारीले बताउनुभयो । बेचबिखनमा तीनजना महिला र एक बालिका परेको तथ्याङ्कमा उल्लेख छ । हत्या हुनेमा सबै पुरुष रहेका छन् ।

चार वर्षदेखि १० वर्षमुनिका बालिका बढी मात्रामा जबर्जस्ती करणीमा पर्ने गरेको जिल्ला प्रहरी काार्यलय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले बताउनुभयो ।

उहाँका अनुसार पीडकहरु १९ देखि ७१ वर्ष उमेर समूहका छन् । अहिले जिल्लामा सवारी दुर्घटना, भवितव्य, सार्वजनिक मुद्दापछि जबर्जस्ती करणीका मुद्दाको संख्या धेरै रहेका छन् ।

आर्थिक अवस्था कमजोर भएका घरपरिवार र अभिभावकले रेखदेख गर्न नभ्याउने घरहरुमा बढी मात्रामा यस्ता घटना हुने गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...