ज्वालामुखी विस्फोटका कारण विमानस्थल बन्द, हजारौँ पर्यटक अलपत्र



हाम्रो इकोनोमि

इन्डोनेसियाको एक सुप्रसिद्ध पर्यटकीयस्थल बालीमा शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि हजारौँ पर्यटक अलपत्र परेका छन् ।

बालीमा वर्षेनी लाखौँ पर्यटक पुग्ने गर्छन् । यहाँ वर्षेनी शक्तिशाली ज्वालामुखी पनि विस्फोट हुने गरेका समाचारहरु आउने गर्दछन् ।

शुक्रबार पनि यस्तै ज्वालामुखी विस्फोट भएको छ । यसका कारण आकासमा निकै बाक्लो तुवाँलो देखिएको छ । उक्त तुवाँलोका कारण बालीको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द भएको छ ।

विमानस्थल बन्द हुदा हजारौँको सङ्ख्यामा रहेका पर्यटक अलपत्र परेका बताइएको छ । बालीमा ज्वालामुखी विस्फोटको समाचारका कारण उनीहरु पनि त्रासमा रहेका बताइन्छ ।

शुक्रबार बिहानमात्र यहाँका हवाई उड्डयन अधिकारीहरुले बाक्लो तुवाँलोले अकास नदेखिएपछि शुक्रबार र शनिबारका पनि करिब ४५० जति उडान बन्द गरिएको जनाएका थिए ।

ती उडान रद्द भएका कारण शुक्रबार मात्र ७५ हजार पर्यटक अलपत्र परेका छन् । अलपत्र पर्यटकहरुका कारण विमानस्थलमा ठूलो भीड लागेको जनातएका छन् । ज्वालामुखी विस्फोटको क्रम जारी छ । त्यहाँबाट स्थानीय नागरिकहरुलाई पनि अन्यत्र सार्ने क्रम जारी रहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...