ज्वालामुखी विस्फोटका कारण विमानस्थल बन्द, हजारौँ पर्यटक अलपत्र



इन्डोनेसियाको एक सुप्रसिद्ध पर्यटकीयस्थल बालीमा शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि हजारौँ पर्यटक अलपत्र परेका छन् ।

बालीमा वर्षेनी लाखौँ पर्यटक पुग्ने गर्छन् । यहाँ वर्षेनी शक्तिशाली ज्वालामुखी पनि विस्फोट हुने गरेका समाचारहरु आउने गर्दछन् ।

शुक्रबार पनि यस्तै ज्वालामुखी विस्फोट भएको छ । यसका कारण आकासमा निकै बाक्लो तुवाँलो देखिएको छ । उक्त तुवाँलोका कारण बालीको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द भएको छ ।

विमानस्थल बन्द हुदा हजारौँको सङ्ख्यामा रहेका पर्यटक अलपत्र परेका बताइएको छ । बालीमा ज्वालामुखी विस्फोटको समाचारका कारण उनीहरु पनि त्रासमा रहेका बताइन्छ ।

शुक्रबार बिहानमात्र यहाँका हवाई उड्डयन अधिकारीहरुले बाक्लो तुवाँलोले अकास नदेखिएपछि शुक्रबार र शनिबारका पनि करिब ४५० जति उडान बन्द गरिएको जनाएका थिए ।

ती उडान रद्द भएका कारण शुक्रबार मात्र ७५ हजार पर्यटक अलपत्र परेका छन् । अलपत्र पर्यटकहरुका कारण विमानस्थलमा ठूलो भीड लागेको जनातएका छन् । ज्वालामुखी विस्फोटको क्रम जारी छ । त्यहाँबाट स्थानीय नागरिकहरुलाई पनि अन्यत्र सार्ने क्रम जारी रहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक

देशभर मनसुनी वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

     देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्य

बाढीपहिरोमा परी २३९ को मृत्यु , १८ जना अझै बेपत्ता

    अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु