राजेन्द्र महतोले थापे यस्तो अत्तो, महन्थलाई संसदीय दलको नेता दिए मलाई चाहिँ के, नत्र प्रेमिकालाई मन्त्री बनाउँले दाउ



राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्रको गुट झनै झाँगिएको छ ।

पार्टीभित्रको अन्तरसङ्घर्षका कारण अहिलेसम्म यो पार्टीले संसदीय दलको नेता चयन गर्न सकेको छैन ।

संसदीय दलको नेतामा महतो र ठाकुर दुवैको दाबी छ ।

राजपा नेपालमा राजेन्द्र महतो र महन्थ ठाकुर गरी दुइटा गुट सक्रिय छन् । महतोको साथमा शरतसिंह भण्डारी छन् ।

ठाकुरलाई अनिलकुमार झा, राजकिशोर यादव र महेन्द्र राय यादवको साथ छ ।

संसदीय दलको नेता चयनलगायतका विषयमा निर्णय लिन असार ४ गतेदेखि तीन दिनसम्म सो पार्टीको राजनीतिक समितिको बैठक बसेको थियो ।

तर नेताहरूका बीच कुरा नमिल्दा दलको नेता चयनको जिम्मा संसदीय दललाई दिएको थियो ।

असारको १० या ११ मा संसदीय दलको नेता चयन गर्ने निधो राजनीतिक समिति निर्णयले गरेकोे थियो । तर हालसम्म संसदीय दलको बैठक बस्ने मिति टुङ्गो लागेको छैन ।

राजनीतिक समितिको बैठकमा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले आसारको पहिलो हप्ताभित्र संसदीय दलको नेता टुङ्गो लगाउन प्रस्ताव गरेका थिए ।

त्यसमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले पनि सहमति जनाएका थिए ।

पार्टीको संयोजक भएको नाताले महन्थ ठाकुर आफै नेता बन्न चाहेका छन् ।

तर महतोले पार्टीको नेतृत्व एकजनाले गर्ने र अर्कोले संसदीय दलको नेतृत्व गर्नुपर्ने माग गर्दै आएका छन् ।

राजपा नेपालका एकजना नेताले भने, ‘राजेन्द्र महतोले महन्थ ठाकुरलाई संयोजक बनाउन तयार भएका छन्, त्यसको बदलामा पार्टीको अध्यक्ष (संयोजक) बनाउनुपर्ने प्रस्ताव गर्नुभएको छ ।’

संयोजक ठाकुरलाई संसदीय दलको नेतामा अहिले समर्थन गरिदिने र संयोजक पनि महाधिवेशनसम्म रहन दिने तर महाधिवेशनपछि पार्टीको संयोजक आफूलाई दिनुपर्ने प्रतिबद्धता आउनुपर्ने महतोको माग छ ।

अध्यक्ष मण्डलका संयोजक महतोले आफ्ना निकट नेताहरूलाई भन्दै आएका छन्, ‘मैले महन्थजीलाई संसदीय दलको नेतामा समर्थन गरिदिएँ भने त्यसको बदलामा मैले के पाउने ? त्यो कुराको स्पष्ट रूपमा आउनुपर्छ ।’

महतोका यस्तै यस्तै दबाबका कारण बैठक लम्बिएको राजपाका नेताहरू बताउँछन् ।

बैठक बसायो भने महतोका अनेक दबाब आउन थाल्छन् र त्यसको दबाब थेग्न नसकेर ठाकुरले बैठक लब्याउन लागेको एकथरीको आरोप छ ।

अध्यक्ष ठाकुरले नै बैठक बसाउन चासो नलिएको गुनासो गर्नेको कमी छैन पार्टीमा ।

अध्यक्ष मण्डलका सदस्य भण्डारी भन्छन्, ‘संसदीय दलको नेता को हुने, कसले कुन कुन पद पाउने विषयमा अहिलेसम्म कुनै कुराकानी भएको छैन । तर अब जे गर्ने हो छिट्टो गर्नुपर्छ ।’

‘पार्टीका संयोजक महन्थ ठाकुर हुनुहुन्छ, संयोजकको नेताले यसको बारेमा संसदीय दलको नेता चयनको विषय चाँडो टुङ्गो लगाउनुपर्ने हो’, भण्डारीले भने, ‘असारको पहिलो हप्तातिर टुङ्गो लगाउने कुरा थियो ।

त्यहीबीचमा महेन्द्रजी काठमाडौँ बाहिर जानुभयो । यही कारणले यसमा ढिलाइ भएको हो । उहाँ फर्केपछि यो विषय चाँडै टुङ्गिने विश्वास लिएको छु ।

जपा नेपालको महाधिवेशन आगामी वैशाखमा गर्ने निर्णय गरेको छ ।

अध्यक्ष मण्डलका तीन जना सदस्यले पार्टीेको मस्यौदा विधान प्रस्तुत गरेका छन् ।

अध्यक्ष मण्डलका सदस्यहरू राजेन्द्र महतो, अनिलकुमार झा र महेन्द्र राय यादवले छुट्टा छुट्टै मस्यौदा विधान प्रस्तुत गरेका छन् ।

मस्यौदा विधानको बारेमा छलफल गरी टुङ्गो लगाउन तीन सदस्यीय कार्यदल बनाएको छ ।

यी हुन चर्चित नेताका प्रेमिका, कस्को को छन प्यारी, यसरी बनाए नेता

नातावाद, कृपावाद र भ्रष्टाचारका कारण नेपाली राजनीतिक दल र नेता विवादमा आइरहेका हुन्छन् । कतिपय नेताको पनि विभिन्न चर्चित अनुहार पनि विवादमा तानिने गरेका छन् ।

ठूला नेताहरू अति व्यस्त हुँदा पनि कुनै पनि महिला वा युवतीका विषयमा किन उदार हुन्छन् ? विश्व राजनीतिमा देखिएका ‘सेक्स अट्याचमेन्ट’ र ‘ह्या¥यासमेन्ट’मा नेपाली नेता पनि सरिक छन् त ?

कतिपय राजनीतिक नियुक्ति, अवसर बारम्बार एकै जनालाई मात्र दिने नेताको नियत र कार्यशैलीले त्यसै पार्टी वा दलभित्रका अन्यले उनीहरूको सम्बन्धको आन्तर्यलाई केलाउने गरेका छन् । कतिपयको त बैठक र भेलामा नै यस्ता अतिरिक्त सम्बन्धका चर्चा र हल्ला हुने गरेका छन् ।

केही दिन अघि मात्र राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका एकजना नेता राजेन्द्र महतोको प्रेम चर्चा नै भयो । राजपाको बैठकमा नै उनको प्रेम र सम्बन्धको चर्चा भएको थियो ।

समानुपातिकतर्फ सांसद नियुक्त गरिएकी नरमाया ढकालसँग उनको प्रेम सम्बन्धका विषयमा चर्चा भएको थियो । राजपाका एक नेताले भने,‘उनीहरू बीचको सम्बन्ध त थाहा छैन तर सांसदका लागि उहाँले अडानचाहीँ लिनुभएको हो ।’

एकजना महिला नेत्रीले रिपोर्टस क्लवमा गत वर्ष पत्रकार सम्मेलन गरेरै टिकट पाउनका लागि कांग्रेस नेता अर्जुननरसिंह केसीको ओछ्यान तताउनुपर्ने बाध्यता रहेको नै आरोप लगाइन् ।

उनको अभियोगमा कति तथ्य थियो त्यसलाई नजरअन्दाज नगर्ने हो भने कांग्रेसभित्र ‘सेक्स ह्यार्यासमेन्ट’ हुनसक्ने अनुमान गर्न असहज छैन । ‘नेताहरूका कतिपय सम्बन्ध ओपन सेक्रेट छन् । उनीहरू शक्ति केन्द्रमा रहेका कारणले मात्र बहुसम्बन्धमा रहेका चर्चा हुन पाएका छैनन्’, कांग्रेसका एक नेताले भने,‘कांग्रेसका चल्तीका नेता पनि यस्ता सम्बन्धमा उदार नै छन् ।’

त्यसो त कतिपय नेताहरूका प्रेम सम्बन्ध त सतहमा समेत देखिए । राजपा अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी र सांसद निर्जला राउतको सम्बन्धको हल्ला तल्लो तहसम्म छ ।

उनकै दलका कार्यकर्ताहरू दुवैलाई ‘ब्वाइफ्रेन्ड–गर्लफ्रेन्ड’ भनेर खिसिट्युरी गर्छन् । यस्तो हल्लामा केही सत्यता हुनसक्ने अनुमान त्यसबेला हुन्छ, जब भण्डारीले राउतलाई राज्य संयन्त्रमा बारम्बार पठाइरहन्छन् ।

उनको पार्टीबाट समानुपातिकको अवसर हरेक पटक राउतले मात्र पाएकी छन् । ‘एक पैसा र अर्को प्रेमको सम्बन्ध हो’, राजपा कार्यकर्ता भन्छन्,‘यो त हामीले बैठकहरूमा पनि सुनेका हौं ।’

कतिपय युवतीहरूले राजनीतिमा छिटो माथि उठ्नका लागि नेतालाई लिफ्ट दिने गरेको पनि हल्ला राजनीतिक बजारमा चल्छ । अलिक उदार र खुला हृदयका नेतालाई लिफ्ट दिने र अवसरको फाइदा उठाउने क्रम पनि राजनीतिमा नभएको होइन ।

त्यसो त राजनीतिमा सेक्स ह्यार्यासमेन्ट हुने विषयको खुलासा लेखिका तथा नेपाली कांग्रेसका नेता नरहरी आचार्यपत्नी शारदा शर्माले एउटा पुस्तकमार्फत पनि गरेकी छन् । उनले गिरीजाबाबुले आफुलाई सुम्सुम्याएको भनेर उल्लेख गरेकी छन् । ठूला नेताको पोल त्यसबेला नखोली उनले पुस्तकमार्फत बजारमा ल्याएकी हुन् ।

राजनीतिमा अवसर पनि सीमित महिलाले पाउने गरेका कारणले अहिले ह्युमर मात्र नभएर ‘सेक्स डिप्लोमेसी’का रूपमा पनि व्याख्या गरिन थालेको छ । विभिन्न राजनीतिक दलका मुख्य नेताले कुनै पनि महिलालाई नियुक्तिका लागि गर्ने आन्तरिक दबाब र अडानले त्यसलाई झल्काउने गरेको छ ।

यौनका लागि चलकता र दबाब राजनीतिक दलका भ्रातृ संगठनमा पनि बलियो गरी हुने गरेको छ । नेपाली कांग्रेसको तरुण दल, तत्कालिन नेकपा एमालेको युवा संघ, विद्यार्थी संगठनहरूमा रहेका महिला र युवतीसँग कतिपय नेताको अवैधानिक भावनात्मक सम्बन्ध पनि रहँदै आएको छ ।

युवा संघ नेपालका एक केन्द्रीय सदस्य भन्छन्,‘जिस्काउने मात्र होइन, कतिपयको त प्रेम सम्बन्ध नै रहेको पनि छ । युवा संघका नेतामात्र होइन, मुल पार्टीका नेतासँग पनि उनीहरूको झुकाव र सम्बन्धलाई लिएर विविध प्रकारका चर्चा हुने गरेका छन् ।’

यसरी शंकाको सम्बन्धका रूपमा राप्रपा अध्यक्ष कमल थापा–कुन्ती शाहीलाई पनि हेरिन्छ । राप्रपाका एक केन्द्रीय सदस्यले भने,‘हरेक पटक महिलाको कोटामा कुन्तीले मात्र अवसर पाउने त्यस्तो के थियो ? राप्रपामा अरु महिला पनि थिए तर कसैले अवसर पाएन ।’

हुन त विश्व राजनीति नै यस्ता अतिरिक्त सम्बन्धका कारणले चर्चामा नआएका होइनन् । राष्ट्रपति भएकै बेला विल क्लिन्टन र मोनिकाको प्रेमको चर्चा सर्वत्र चलेको थियो । राष्ट्रपति डोनल्ड ट्रम्पका त अनेक अफेयरका चर्चामात्र होइन, विकिनीधारीसँग अहिले पनि सम्बन्ध हुने गरेको तस्बिर देखाइएको थियो । एक पोर्नस्टारले डोनल्डसँग सम्बन्ध रहेको अन्तरवार्तामा नै भनिन् ।

सेक्स ह्यार्यासमेन्टको अभियोगमा यहि वर्षको सुरुआतमा पेनिस्लाभिनियाका नेता प्याट्रिक मिहानलाई यस्तो आरोप लागेकै हो । जसका कारण उनी विवादमा आएपछि पदबाट राजीनामा दिन बाध्य भए ।

त्यसो त भारतका तत्कालिन मन्त्री सलमान खुर्सीद र एक महिला सम्बन्धको त भिडियो पनि बाहिर आएको थियो । उनीहरूको अफेयरका विषयमा भारतीय मिडियाले निक्कै चर्चा गरेका थिए । बंगलादेशका विलावल भुट्टो र पाकिस्तानकी तत्कालिन विदेशमन्त्री हिना रब्बानीको सम्बन्धका विषयमा पनि चर्चा भएका थिए ।

नेपाली फिल्मि क्षेत्र, बैंकिङ, सरकारी कार्यालय, नीजि कम्पनीभित्र चल्ने गरेको यस्ता हल्ला राजनीतिक दलभित्र अझ धेरै हुने गरेको छ । उपल्लो तहमा मात्र नभएर वडा, नगर र जिल्ला तहदेखि, भ्रातृ संगठनहरूमा पनि यस्ता ह्युमर छन् ।

कार्यदलमा लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला र वृषेशचन्द्र लाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक

देशभर मनसुनी वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

     देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्य

बाढीपहिरोमा परी २३९ को मृत्यु , १८ जना अझै बेपत्ता

    अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु