पत्रकारले सकरात्मक भूमिका निर्वाह गर्नुपर्ने मन्त्री बाँस्कोटा



हाम्रो इकोनोमि

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देशलाई समृद्धितर्फ लैजान पत्रकारले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुुभएको छ ।

आज झापाको दमकस्थित पत्रकार मञ्चको कार्यालय उद्घाटन गर्दै उहाँले भन्नुभयो “अब देशलाई समृद्धितर्फ रुपान्तरण गर्ने जिम्मेवारी सरकारको हो तर सो लक्ष्य पूरा गर्न सञ्चारमाध्यमले पनि साथ दिनुपर्छ । ”

सञ्चारमन्त्री बाँस्कोटाले प्रेस जगतलाई थप मर्यादित र व्यावसायिक बनाउने खाँचो रहेको छ चर्चा गर्दै सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो, “सञ्चारमाध्यमको नीतिगत व्यवस्थापनमा चुनौती देखिए निराकरणका लागि सरकार गम्भीर छ ।”

प्रेस जगत विश्सनीय र व्यावसायिक भइ देश तथा समाजप्रति थप उत्तरदायी बन्न सके देशले छिट्टै फड्को मार्ने विश्वास व्यक्त गर्दै उहाँले समाजका बेथिति मात्र केलाएर सञ्चारमाध्यमको दायित्व पूरा नहुने उल्लेख गर्नुभयो ।

“अबको सञ्चारमाध्यमले समाजको साझा भावना र मर्ममा पनि जवाफदेही बन्नुपर्छ ।” मन्त्री बाँस्कोटाले भन्नुभयो, “सञ्चारमाध्यमको समस्यासमाधान गर्न सरकार प्रतिबद्ध छ।”

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...