बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई हाने यस्तो वाण, बस गुड्ने बाटो छैन पानीजहाज र रेलका कुरा



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाजको कुरा निकालेपछि नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले झटालो फालेका छन् ।

ओलीले पानीजहाजको कुरा गर्दा विरोध गर्नेहरुलाई आगामी पुस १६ गते पानी जहाज चढेर कोलकाता जान निम्ता दिएपछि नेता भट्टराईले पनि कोलकाता जानुअघि बस चढेर नौबिसे जाने वातावरण बनाउन आग्रह गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा सन्देश ट्वीट गर्दै डा भट्टराईले अहिले बिहानैदेखि नाढुंगाबाट नौबिसेसम्म पूरै जाम भएका अवस्थामा त्यसको वैकल्पिक बाटो बनाउन युद्धस्तरमा नलागी नहुने पनि उनले सुझाएका छन् ।

डा भट्टराईले पहिले बसको समाधान गरेर पानीजहाज र रेलका कुरा गर्न पनि सझाएका छन् ।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ६७औं जन्मजयन्तीको अवसरमा बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पानीजहाजको कुरा गर्दा विरोध गर्नेहरुलाई आगामी पुस १६ मा पानीजहाज चढेर कोलकाता जान निम्ता दिएका थिए ।

शुक्रबार बिहान नेता भट्टराईले लेखेको ट्वीटर यस्तो छ –
‘पानीजहाज चढेर कलकत्ता पुग्नुभन्दा पहिले बस चढेर नौबिसे पुग्ने व्यवस्था गर्नुपर्यो प्रमज्यू ! अहिले विहानैदेखि नागढुंगाबाट नौबिसेसम्म पूरै जाम छ। घण्टौंसम्म यात्रीहरू अलपत्र छन् । कमसेकम रामकोटबाट धार्केसम्म वैकल्पिक बाटो बनाउन युद्धस्तरमा काम गर्न किन सकिन्न ? अनि बल्ल पानीजहाज र रेल !

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...