बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई हाने यस्तो वाण, बस गुड्ने बाटो छैन पानीजहाज र रेलका कुरा



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाजको कुरा निकालेपछि नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले झटालो फालेका छन् ।

ओलीले पानीजहाजको कुरा गर्दा विरोध गर्नेहरुलाई आगामी पुस १६ गते पानी जहाज चढेर कोलकाता जान निम्ता दिएपछि नेता भट्टराईले पनि कोलकाता जानुअघि बस चढेर नौबिसे जाने वातावरण बनाउन आग्रह गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा सन्देश ट्वीट गर्दै डा भट्टराईले अहिले बिहानैदेखि नाढुंगाबाट नौबिसेसम्म पूरै जाम भएका अवस्थामा त्यसको वैकल्पिक बाटो बनाउन युद्धस्तरमा नलागी नहुने पनि उनले सुझाएका छन् ।

डा भट्टराईले पहिले बसको समाधान गरेर पानीजहाज र रेलका कुरा गर्न पनि सझाएका छन् ।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ६७औं जन्मजयन्तीको अवसरमा बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पानीजहाजको कुरा गर्दा विरोध गर्नेहरुलाई आगामी पुस १६ मा पानीजहाज चढेर कोलकाता जान निम्ता दिएका थिए ।

शुक्रबार बिहान नेता भट्टराईले लेखेको ट्वीटर यस्तो छ –
‘पानीजहाज चढेर कलकत्ता पुग्नुभन्दा पहिले बस चढेर नौबिसे पुग्ने व्यवस्था गर्नुपर्यो प्रमज्यू ! अहिले विहानैदेखि नागढुंगाबाट नौबिसेसम्म पूरै जाम छ। घण्टौंसम्म यात्रीहरू अलपत्र छन् । कमसेकम रामकोटबाट धार्केसम्म वैकल्पिक बाटो बनाउन युद्धस्तरमा काम गर्न किन सकिन्न ? अनि बल्ल पानीजहाज र रेल !

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...