राजनीतिक स्वार्थ साध्ने गिरोहको उक्साहटमा पुरीलाई दुःख दिइयो : प्रगतिशिल मञ्च



हाम्रो इकोनोमि

प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चले आफ्नो सल्लाहकार रघुनाथ पुरीलाई फरक विचारधाराका प्रतिस्पर्धीहरुको उक्साहटमा दुःख दिन खोजिएको भन्दै आपत्ती जनाएको छ ।

राजनीतिक स्वार्थ साध्ने गिरोहको उक्साहटमा व्यवसायी पुरीलाई बदनाम गर्न श्रृखलाबद्ध र नियोजित प्रहार गरिएको मञ्चको दाबी प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष चित्रगुप्त साँवाले विज्ञप्ती जारी गरेर ‘द रिभर ओभरसिज’ का सञ्चालक समेत रहेको पुरीसँग भएको हतियारको बिषयलाई लिएर गलत सूचना प्रवाह गरिएको उल्लेख गरेका छन् ।

प्रहरीलाई उधृत गर्दै सञ्चार माध्यमहरुले पुरीले हतियारको दुरुपयोग गरेको समाचार आएपछि मञ्चले यसको खण्डन गरेको हो । साँवाले विज्ञप्तीमा भनेका छन्,‘उहाँले जिल्ला प्रशासन कार्यलयबाट इजाजतपत्र लिएर वैधानिक रुपमा घरमा राख्नुभएको एक थान राइफल केही दिनअघि प्रहरी महाशाखामै पुगेर बुझबुझारथ गर्नुभएको थियो । तर आफैंले गएर हतियार बुझाएको सन्दर्भलाई अन्य ढंगले समाचार प्रवाह गराउन खोजिनु खेदजनक विषय हो ।’

मञ्चले जिम्मेवार व्यवसायीलाई गन्ुडागर्दी र अन्य गतिविधिमा संलग्न व्यक्तिहरुसँगै जोडेर प्रहरीले सही र गलत एकै ठाउँमा मिसाउन खोजेको भन्दै आपत्ती प्रकट गरेको छ । अध्यक्ष साँवाले विज्ञप्तीमा भनेका छन्,‘प्रहरीले जिम्मेवारी व्यवसायीको पृष्ठभूमि र दैनिक व्यवसायिक आचरण नबुझी आफैंले लाइसेन्सप्राप्त हतियार बुझाएको विषयलाई अन्यथा अर्थ लगाउनु खोज्नु दुःखद हो ।’

मञ्चले तथ्यपूर्ण अनुसन्धान गरी सञ्चार माध्यमबाट सही सुचना प्रवाह गर्न प्रहरीलाई आग्रह समेत गरेको छ । ‘व्यवसायी कानूनको पालना गर्ने कुरामा सदैव सचेत छौं । र, गैरकानूनी ढंगले व्यवसायीलाई दुःख दिने व्यक्ति र समूहलाई कानुनको दायरामा प्रहरीले ल्याओस् भनिरहेका छौं । तर उल्टै कानूनको पालना गर्ने व्यवसायीलाई बदनाम गर्ने कार्य सही हुन सक्दैन,’ विज्ञप्तीमा भनिएको छ, ‘यस मञ्चका सल्लाहकार रघु पुरीको व्यवसाय पारदर्शी छ । उहाँ बैदेशिक रोजगार मात्र होइन, जलविद्युत र अन्य सेवामूलक व्यवसायमा पनि स्थापित हुनुहुन्छ । यसक्रममा उहाँको सामाजिक र राजनीतिक प्रतिष्ठाको डाहा गर्ने हामीभन्दा फरक विचारधाराका प्रतिष्पर्धी केही व्यक्तिको उक्साहटमा उहाँलाई दुःख दिन खोजिएको प्रष्ट छ ।’

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...