क्लाईमेक्स सस्पेन्स राख्न ‘रेश ३’ को यस्तो जुक्ति



हाम्रो इकोनोमि

सिनेमाको सबैभन्दा होल्ड गर्ने पाटो हो, क्लाईमेक्स । तर, कहिलेकाही छायांकन स्थलबाटै सिनेमाको क्लाईमेक्सका दृश्यहरु बाहिरीने गरेका छन्, जसले सिनेमा हेर्दा खल्लो लाग्छ । या त, टिमकै केही मानिसहरुले क्लाईमेक्सको बारेमा एक कान दुई कान मैदान गर्न पनि सक्छन् ।

तर, ‘रेश ३’ युनिट यो कुराबाट निकै सजग देखिएको छ । ‘रेश ३’ ले मल्टिपल क्लाईमेक्स खिचेको छ । जसमध्ये कुन चाही क्लाईमेक्स सिनेमामा हुन्छ भन्ने कुरा सिनेमाको एकदमै कोर टिमलाई मात्र थाहा हुनेछ । बाँकी टिम मेम्बरलाई समेत कुन चाही क्लाईमेक्स सिनेमामा हुन्छ भन्ने रिलिजको दिन मात्रै थाहा हुनेछ ।

सिनेमाको बारेमा गरिएको अड्कलहरु सबै फेल खाओस्, अनि नसोचिएको क्लाईमेक्स होस् भनेर सिनेमा युनिटले धेरैवटा क्लाईमेक्स खिचेको छ । सिनेमाको ट्रेलर र गीतले दर्शकहरुलाई ‘रेश ३’ को बारेमा निकै कौतुहल बनाएको छ । निर्माण युनिट पनि सिनेमालाई हरेका कोणबाट उत्कृष्ट बनाउन निकै मेहनत गरिरहेको छ ।

सलमान खान, ज्याकलिन फर्नान्डेज, अनिल कपूर, बबी देओल, डेजी शाह लगायत कलाकारले अभिनय गरेको यो सिनेमा जून १५ बाट रिलिज हुदैंछ । सिनेमालाई रेमो डिसुजाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...