सरकारको निर्णय कांग्रेसले तोड्ने, शर्माले ओलीलाई भने– नेपाल उत्तर कोरिया होइन



 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरिएकोमा आपत्ति जनाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विहीबार ट्वीटरमार्फत माइतीघरको ‘निषेधाज्ञा’ उचित समयमा तोडिने चेतावनी दिएका छन्।

गृह मन्त्रालयले विहीबार पत्रकार सम्मेलन गरेर साउन १ देखि निषेधित क्षेत्र कडाईका साथ लागु गर्ने जानकारी दिएको छ। निषेधित क्षेत्र उल्लंघन गर्नेलाई कारवाही गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारीले बताएका छन्।

उनका अनुसार काठमाडौंका ७ स्थानमा मात्रै प्रदर्शन गर्न पाइनेछ। माइतीघरमा कुनै पनि विरोध तथा सार्वजनिक कार्यक्रम गर्न पाइनेछैन्।

सरकारको यस्तो तयारीपछि कांग्रेस प्रवक्ता शर्माले निषेधित क्षेत्र तोड्ने भन्दै चुनौती दिएका हुन्।

विश्वप्रकाशले भनेका छन्– ‘निषेधाज्ञा’ उचित समयमा तोडिने छ। अमेरिकामा ह्वाइट हाउस सामुन्ने, स्विजरल्याण्ड तथा जापानमा सरकारको नाकै अघि विरोध प्रदर्शन गर्न पाइन्छ।

तर सिंहदरबार नजिक माइतीघर मण्डलामा समेत प्रदर्शनमा रोक लगाउने सरकारलाई स्मरण गराउंछु यो उत्तर कोरिया होइन नेपाल हो। निर्णयको नियतमा खोट छ।’

प्रतिक्रिया दिनुहोस
हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक

देशभर मनसुनी वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

     देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्य

बाढीपहिरोमा परी २३९ को मृत्यु , १८ जना अझै बेपत्ता

    अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु