सरकारको निर्णय कांग्रेसले तोड्ने, शर्माले ओलीलाई भने– नेपाल उत्तर कोरिया होइन



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरिएकोमा आपत्ति जनाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विहीबार ट्वीटरमार्फत माइतीघरको ‘निषेधाज्ञा’ उचित समयमा तोडिने चेतावनी दिएका छन्।

गृह मन्त्रालयले विहीबार पत्रकार सम्मेलन गरेर साउन १ देखि निषेधित क्षेत्र कडाईका साथ लागु गर्ने जानकारी दिएको छ। निषेधित क्षेत्र उल्लंघन गर्नेलाई कारवाही गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारीले बताएका छन्।

उनका अनुसार काठमाडौंका ७ स्थानमा मात्रै प्रदर्शन गर्न पाइनेछ। माइतीघरमा कुनै पनि विरोध तथा सार्वजनिक कार्यक्रम गर्न पाइनेछैन्।

सरकारको यस्तो तयारीपछि कांग्रेस प्रवक्ता शर्माले निषेधित क्षेत्र तोड्ने भन्दै चुनौती दिएका हुन्।

विश्वप्रकाशले भनेका छन्– ‘निषेधाज्ञा’ उचित समयमा तोडिने छ। अमेरिकामा ह्वाइट हाउस सामुन्ने, स्विजरल्याण्ड तथा जापानमा सरकारको नाकै अघि विरोध प्रदर्शन गर्न पाइन्छ।

तर सिंहदरबार नजिक माइतीघर मण्डलामा समेत प्रदर्शनमा रोक लगाउने सरकारलाई स्मरण गराउंछु यो उत्तर कोरिया होइन नेपाल हो। निर्णयको नियतमा खोट छ।’

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...