जहाज दुर्घटनामा पाँचको मृत्यु



मुम्बइमा बिहीबार एउटा सानो जहाज दुर्घटनामा परेको छ । त्यस दुर्घटनाका कारण पाँच जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा सो जहाजमा रहेका चार जना र अर्का एकजना बाटोमा हिँडिरहेका व्यक्ति परेका हुन् ।

उक्त जहाज खसेपछि बाटोमा हिँडेका व्यक्तिको ज्यान गएको बताइएको छ । उक्त जहाजका एकजना विमान चालक र तीनजना यात्रु परेका थिए ।

भारतको आर्थिक राजधानी मानिने र घना वस्ती रहेको उक्त मुम्बई शहरमा जहाज खसेपछि ठूलो आतङ्क मच्चिएको बताइएको छ ।

उक्त जहाज उत्तर प्रदेशको राज्य सरकारको रहेको पाइएको छ । मुम्बई प्रहरीले उक्त जहाज दुर्घटनास्थलमा ठूलो सङ्ख्यामा प्रहरी पुगेका छन् ।

प्रहरी र कैयौँ अग्निनियन्त्रकले आगो निभाउने प्रयास गरिरहेका बताइएको छ । मुम्बइको वस्तीकै छेउमा उक्त विमान खसेकोले आगलागिको त्रास फैलिएको पनि स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

जहाज दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक

देशभर मनसुनी वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

     देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्य

बाढीपहिरोमा परी २३९ को मृत्यु , १८ जना अझै बेपत्ता

    अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु