दुई सय किलोवाट विद्युत् उत्पादन हुँदै



हाम्रो इकोनोमि

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा दुई सय किलोवाट विद्युत् उत्पादन हुँदैछ ।

त्रिवेणी गाउँपालिका–२, सिम्रुतुमा झण्डै रु आठ करोडको लगानीमा विद्युत् उत्पादन गर्न लागिएको हो ।

‘रुकुम उज्यालो कार्यक्रम’ अन्तर्गत सिम्रुतुखोला जलविद्युत् सहकारी संस्थाले विद्युत् उत्पादन गर्न लागेको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु पाँच करोड, स्थानीयवासीको रु दुई करोड र सिभिल बैंकको रु एक करोड ऋणमा विद्युत् उत्पादन गर्न लागिएको हो ।

अहिलेसम्म आयोजना निर्माणको काम करीब ६० प्रतिशत सम्पन्न भएको छ । नहर निर्माणको काम ९० प्रतिशत सकिएको सहकारीका अध्यक्ष लक्ष्मण ओलीले जानकारी दिनुभयो । आयोजना निर्माणको प्राविधिक जिम्मा गौरा कन्सट्रक्सन र हाइड्रो इनर्जीले लिएका छन् । डेढ वर्षमा काम सम्पन्न गर्ने गरी २०७३ साल माघमा सम्झौता भएको थियो ।

असार मसान्तसम्म काम सक्नुपर्नेछ । विद्युत् उत्पादनका लागि यहाँका एक हजार ७६ घरधुरीले प्रतिपरिवार रु १५ हजारदेखि रु ३० हजारसम्म रकम उठाएका थिए । आयोजना निर्माण भए दुई हजार २०० घरधुरी लाभान्वित हुनेछन् । त्रिवेणी गाउँपालिका–१, २, ५, ६ र ७ तथा मुसिकोट नगरपालिका–११ र १२ का नागरिक लाभान्वित हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस
बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ...

कुलमानलाई बोलायो संसदीय समितिले

     ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास...

तत्काल निगमको डिपो स्थानान्तरण गर्न स्थानीयबासीको माग

    घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको...

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल

    नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले पदभार ग्रहण गरेका...