उद्योगलाई प्रधान र व्यापारलाई सहायकमानेर काम गर्न उद्योगीहरुलाई मन्त्रीको आग्रह



हाम्रो इकोनोमि

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योग सञ्चालनमा जोड दिन उद्योग÷व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

आज कञ्चनपुरको भीमदत्तनगरमा कञ्चनपुर उद्योग वाणिज्य संघको २९औँ वार्षिक साधारणसभामा उद्योगमन्त्री यादवले उद्योगलाई प्रधान र व्यापारलाई सहायक बनाउन आग्रह गर्नुभयो । “उद्योगलाई प्रधान र व्यापारलाई सहायक बनाएर आउनूस् सरकार हातेमालो गरेर जान तयार छ”, मन्त्री यादवले भन्नुभयो, “अब उत्पादनलाई जोड दिनुपर्ने बेला आएको छ ।”

हरेक प्रदेशमा सरकार उद्योग स्थापना गर्न अघि बढिरेहको बताउँदै उहाँले पर्याप्त उद्योग सञ्चालनमा आए युवाले स्वदेशमै रोजगारी पाउने धारणा राख्नुभयो । “कृषि प्रधान देश भन्छौँ रोजगारी गर्न भारत र भारतबाट चामल आयात गरिरहेका छौँ”, मन्त्री यादवले भन्नुभयो, “अहिले सरकारले उत्पादन, कृषि र उद्योग लगायतलाई बजेटमा प्राथमिकतामा राखेको हो ।”

मन्त्री यादवले विकासमा राजनीति गर्न नहुने भनाइ राख्नुभयो । पहाडलाई सम्पत्ति बताउँदै उहाँले जडीबुटीको अपार खानी पहाड भएको बताउनुभयो ।
कार्यक्रममा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलले कञ्चनपुरको बेदकोट नगरपालिकामा स्थापना हुने प्रदेश नं ७ को दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काम अगाडि बढाउन, महाकाली नदीमा चार लेनको पुल निर्माण हुन्जेल शारदा ब्यारेज ९बनबासा पुल० १२ घण्टा सञ्चालन गराउन पहल गर्न, गड्डाचौकीमा अध्यागमन कार्यालय स्थापना गर्न लगायतका माग गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...