प्रेममा छन् सलोन र करिश्मा
बाबु कान्छा फिल्मको प्रमोशनमा रहेका अभिनेता सलोन बस्नेत र अभिनेत्री करिश्मा श्रेष्ठले आफूहरु प्रेममा रहेको बताएका छन् । बाबु कान्छा फिल्मको घोषणा कार्यक्रममा आफूहरुविच अब साथीको मात्र सम्बन्ध रहेको उनीहरुले बताएका थिए । तर, फिल्म रिलिजको समयमा भने उनीहरुले प्रेममा रहेको बताएका छन् ।
त्यो समयमा आफूहरुको झगडा परेकाले व्रेकअप भएको बताएको उनीहरुले बताएका छन् । फिल्म बाबु कान्छाको प्रचारका क्रममा रहेका यी दुइले फिल्म राम्रो बनेको बताएका छन् । शोभित बस्नेतले निर्देशन गरेको यो फिल्म असार २९ गतेबाट रिलिज हुँदैछ ।
अभिनेत्री करिश्मा श्रेष्ठले आफू फिल्ममा चल्न नसकेको स्विकार समेत गरेकी थिइन् । उनले, हरेक मानिस हरेक कुरामा ट्यालेन्ट नहुने भन्दै आफू चल्न नसकेको बताइन् ।