तीन पार्टीलाई एकमा यसरी ल्याउदैछन् कमल थापाले, एकतापछि नफुट्ने यस्तो छ सूत्र



हाम्रो इकोनोमि

राष्ट्रिय प्रजातन्त्र पार्टी छिन्नभिन्न भएका पार्टीबीच अब एकता गर्ने तयारीमा छ । पछिल्लो समय पशुपति शमसेर राणा नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक), डा प्रकाचन्द्र लोहनीको एकीकृत राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राष्ट्रवादी) र कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टीका बिच एकीकरणका लागि अनौपचारिक छलफल र गृहकार्य भइरहेको छ ।

विभाजित शक्तिहरुसँग अब कहिल्यै नफुट्ने गरी एकता हुन लागेको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष कमल थापाले बताएका छन् ।

राप्रपा, राप्रपा ९प्रजातान्त्रिक लगायतका नेताहरु पार्टी एकताका लागि छलफलमा जुटिरहेका बेला चितवनको भरतपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष थापाले छिन्नभिन्न पूर्वपञ्चहरुबीच मजबुत एकता हुन लागेको बताएका हुन् ।

जनसंर्घषको पूर्वतयारीका लागि अगामी असार २८ गतेबाट अभियान सञ्चालन गर्ने जानकारी दिँदै थापाले भने, ‘विगतमा विभाजित भएका शक्तिहरुसँग अब कहिल्यै नफुट्ने गरी पार्टी एकता गर्दैछौं । अबको पार्टी एकता गएको महाधिबेशनमा लिइएको नीति, सिद्धान्त र कार्यक्रमकै आधारमा हुनेछ ।’

विगतको राप्रपा विभाजन स्मरण गर्दै उनले उपलब्धि जोगाउन नसक्नु आफ्नो भुल भएको बताए । ’राप्रपा नेपाल र राप्रपाबीचको एकता आवश्यक भए पनि त्यसलाई जोगाउन नसक्नु कमजोरी हो’, थापाले विगतको गल्ती स्वीकार्दै भने ।

यसैबीच, हिन्दूराष्ट्र पुनःस्थापनाका लागि पार्टीले जनसंर्घषका कार्यक्रम अघि बढाउने बताउँदै थापाले भने, आगामी असोज मसान्तसम्म हिन्दूराष्ट्र पुनःस्थापना जनजागरण अभियान सञ्चालन गर्नेछौँ ।’

प्रधानमन्त्री केपी ओलीले हालै गरेको चीन भ्रमण र सहमतिलाई सकारात्मक भएको प्रतिक्रिया दिँदै अध्यक्ष थापाले सरकारबाट आशा र आशंका दुवै रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...