सार्वजनिक महत्वको प्रस्तावले बजेटलाई सहयोग गर्छ : अर्थमन्त्री



हाम्रो इकोनोमि

अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभामा आज प्रस्तुत भएको सार्वजनिक महत्वको प्रस्तावले विनियोजनमाथिको छलफलमा प्रभावित पार्ने नभई थप सहयोग पुग्ने बताउनुभएको छ ।

सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदले उठाउनुभएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा खतिवडाले उक्त प्रस्ताव निर्माणाधीन आयोजनाको कार्यान्वयनमा अवरोध नआओस् भनेर सरकारको ध्यानाकर्षण गराउन आएको आफूले बुझेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसले विनियोजनमाथिको छलफललाई अवरोध होइन बरु थप सहयोग पु¥याउने विश्वास व्यक्त गरेको छु ।” सरकारका सामु असंख्य योजना र सीमित स्रोतसाधन रहेकाले आयोजनामा बजेट कम हुने गरेको बताउँदै अर्थमन्त्री खतिवडाले निर्माणाधीन ठूलो आयोजना केन्द्रले र मझौला तथा साना योजना तत् प्रदेशमा प्रदेश तथा स्थानीय तहले गर्नुपर्नेमा सरकार स्पष्ट रहेको जानकारी गराउनुभयो ।

प्रस्तावले संघीयता कार्यान्वयनमा अवरोध होइन सहयोगी हुने भन्दै उहाँले त्यस्ता आयोजना बजेट रकमान्तर गरेर पनि सम्पन्न गर्ने अठोट व्यक्त गर्नुभयो । अर्थमन्त्री खतिवडाले सार्वजनिक खर्च प्रभावकारी बनाउन सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गर्ने सरकारको तयारी रहेको बताउनुभयो ।

सांसद खगराज अधिकारीले प्रतिनिधिसभाको आजको बैठकमा ‘देशभर निर्माणाधीन अवस्थामा रहेको चालु आव २०७५÷७६ सम्म सरकारको छनोटका खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइ र अन्य आयोजनाहरु सम्पन्न गरी तत् प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने व्यवस्था मिलाउन आवश्यक भएको’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।

सांसद अधिकारीले केन्द्रको स्रोतबाट निर्माणाधीन आयोजना अलपत्र हुनसक्ने र समयमै सम्पन्न हुन नसक्ने र विकास निर्माणमा गम्भीर असर पर्ने भएकाले ती आयोजना समयमै सम्पन्न गर्न अत्यावश्यक भएको भन्दै गत जेठ २९ गते संघीय सचिवालयलमा उक्त प्रस्ताव दर्ता गराउनुभएको थियो । उक्त प्रस्तावमा सत्ता पक्ष र विपक्षका सांसदहरुले आआफ्ना धारणा राख्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...

इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार...