छ वर्षपछि सिँचाइ कुलो प्रयोगमा



हाम्रो इकोनोमि

अन्नपूर्ण गाउँपालिका–६ घारमा निर्माण गरिएको सिँचाइ कुलो ६ वर्षपछि प्रयोगमा आएको छ ।

सिँचाइ विकास डिभिजन कार्यालय बागलुङले २०६९ सालमा निर्माण गरेको घार सिँचाइ योजना यस वर्षदेखि सञ्चालनमा आएको हो ।

रु तीन करोड ५० लाखको लागतमा निर्माण गरिएको योजना शाखा नहर र पाइपलाइन नहुँदा प्रयोगमा आउन सकेको थिएन । गाउँपालिकाको अनुदान सहयोगमा स्थानीयवासीले शाखा नहर र पाइपलाइन निर्माण गरेर सिँचाइ योजना प्रयोगमा ल्याएका वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताउनुभयो ।

रु १७ लाख अनुदान सहयोगमा चार ठाउँमा करीब छ किलोमिटर शाखा पाइपलाइन विस्तार गरिएको छ । सिँचाइ विकास डिभिजनले शिख र घारको सिमानामा पर्ने मथेनी खोलादेखि खिवाङसम्म तीन किलोमिटरभन्दा बढी पक्की नहर निर्माण गरेको छ । योजनाबाट घार र खिवाङका ६६८ घरधुरी लाभान्वित भएका छन् ।

अहिले ८२ हेक्टर क्षेत्रफलमा बाह्रैमास सिँचाइ सुविधा पुगेको छ । उल्लेरी सिँचाइ योजना उपभोक्ता समितिका अध्यक्ष हुकुमबहादुर बरुवालले सिँचाइ कुलो प्रयोगमा आएपछि कृषकलाई राहत मिलेको बताउनुभयो । विगत वर्षमा असारको अन्तिम सातासम्म धान रोपाइँका लागि पानीको पालो कुरेर बस्ने कृषकले यसपालि असार पहिलो हप्ता नै धान रोपाइँ सकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...