चीनको राजदूत पौडेललाई फिर्ता बोलाउँदै प्रधानमन्त्री ओली, यस्तो छ कारण, अब को



हाम्रो इकोनोमि

 सांसदहरूले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले कार्यतालिका अनुसारकाे कार्यक्रम ब्यवस्थापन गर्न नसकेकाे अाराेप लगाएका छन्।

प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणको समीक्षा गर्ने क्रममा राजदुत पाैडेलकाे कार्यशैलीलाई लिएर चर्काे आलोचना भएको छ ।

ओलीले आफूसँगै भ्रमण टोलीमा रहेका सांसदहरूसँग मंगलबार परामर्श  गर्नेक्रमा राजदुत पाैडेलकाे विषय उठेकाे थियाे।

भ्रमण टोलीमा रहेका अधिकांस सांसदहरूले राजदूत पौडेललाई कारबाही गर्नुपर्ने माग समेत अाघि सरेका छन्।

समीक्षा बैठकमा नेपाल कम्यनिस्ट पार्टीका सांसद प्रेम आलेले राजदूत पौडेलले प्रधानमन्त्रीको भ्रमणलाई व्यवस्थित बनाउन नसकेको भन्दै आलोचना गरेको उच्च स्रोतले जनाएको छ ।

राजदूत पौडेलले भ्रमणमाथि नै प्रश्न उठ्ने गरेर कार्यक्रम राखेको सांसद आलेको आरोप थियो ।

सांसदहरूले भ्रमण व्यवस्थित गर्न नसक्ने राजदूत पौडेललाई फिर्ता बोलाएर सजाय दिनुपर्ने माग प्रधानमन्त्री ओली समक्ष गरिएको स्रोतले जनाएको छ । प्रम अाेलीले राजदुत पाैडेलकाे कार्यशैलीलार्इ पुर्नविचार गरी केही दिनमै टुङ्गाेमा पुग्ने स्राेतले बताएकाे छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...