चीनको राजदूत पौडेललाई फिर्ता बोलाउँदै प्रधानमन्त्री ओली, यस्तो छ कारण, अब को



हाम्रो इकोनोमि

 सांसदहरूले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले कार्यतालिका अनुसारकाे कार्यक्रम ब्यवस्थापन गर्न नसकेकाे अाराेप लगाएका छन्।

प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणको समीक्षा गर्ने क्रममा राजदुत पाैडेलकाे कार्यशैलीलाई लिएर चर्काे आलोचना भएको छ ।

ओलीले आफूसँगै भ्रमण टोलीमा रहेका सांसदहरूसँग मंगलबार परामर्श  गर्नेक्रमा राजदुत पाैडेलकाे विषय उठेकाे थियाे।

भ्रमण टोलीमा रहेका अधिकांस सांसदहरूले राजदूत पौडेललाई कारबाही गर्नुपर्ने माग समेत अाघि सरेका छन्।

समीक्षा बैठकमा नेपाल कम्यनिस्ट पार्टीका सांसद प्रेम आलेले राजदूत पौडेलले प्रधानमन्त्रीको भ्रमणलाई व्यवस्थित बनाउन नसकेको भन्दै आलोचना गरेको उच्च स्रोतले जनाएको छ ।

राजदूत पौडेलले भ्रमणमाथि नै प्रश्न उठ्ने गरेर कार्यक्रम राखेको सांसद आलेको आरोप थियो ।

सांसदहरूले भ्रमण व्यवस्थित गर्न नसक्ने राजदूत पौडेललाई फिर्ता बोलाएर सजाय दिनुपर्ने माग प्रधानमन्त्री ओली समक्ष गरिएको स्रोतले जनाएको छ । प्रम अाेलीले राजदुत पाैडेलकाे कार्यशैलीलार्इ पुर्नविचार गरी केही दिनमै टुङ्गाेमा पुग्ने स्राेतले बताएकाे छ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...