पूर्वी भारतमा बारुदी सुरुङ विस्फोटमा परी छ प्रहरीको मृत्यु



हाम्रो इकोनोमि

पूर्वी भारतीय राज्य झारखण्डमा प्रहरीको एक समूह चढेको सवारी साधन बारुदी सुरुङ्ग विस्फोटमा परेको छ ।

विस्फोटमा परी छ प्रहरीको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ ।

यस क्षेत्रमा वामपन्थी विद्रोहीहरु सक्रिय रहेकाले उनीहरुले नै वारुदी सुरुङ्ग विस्फोट गराएको हुनसक्ने प्रहरी अधिकारीहरुले अनुमान गरेका छन् ।

आक्रमणमा परी झारखण्ड जागुर बलका छ प्रहरी मारिनुका साथै अन्य चार जना घाइते भएको जनाइएको छ ।

एक भ्रमणको क्रममा यात्रामा रहेका ती प्रहरी अधिकारीहरु आक्रमणमा परेको प्रहरी अधिकारीहरुले बताएका छन् । घाइतेहरुलाई तत्काल अस्पताल लगिएको बताइएको छ ।

एक जना वरिष्ठ प्रहरी अधिकारी विपुल सुक्लाले गर्वा जिल्लाको चिन्जो क्षेत्रमा वामपन्थी विद्रोहीहरुको उपस्थिति रहेको जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...