पूर्वी भारतमा बारुदी सुरुङ विस्फोटमा परी छ प्रहरीको मृत्यु



हाम्रो इकोनोमि

पूर्वी भारतीय राज्य झारखण्डमा प्रहरीको एक समूह चढेको सवारी साधन बारुदी सुरुङ्ग विस्फोटमा परेको छ ।

विस्फोटमा परी छ प्रहरीको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ ।

यस क्षेत्रमा वामपन्थी विद्रोहीहरु सक्रिय रहेकाले उनीहरुले नै वारुदी सुरुङ्ग विस्फोट गराएको हुनसक्ने प्रहरी अधिकारीहरुले अनुमान गरेका छन् ।

आक्रमणमा परी झारखण्ड जागुर बलका छ प्रहरी मारिनुका साथै अन्य चार जना घाइते भएको जनाइएको छ ।

एक भ्रमणको क्रममा यात्रामा रहेका ती प्रहरी अधिकारीहरु आक्रमणमा परेको प्रहरी अधिकारीहरुले बताएका छन् । घाइतेहरुलाई तत्काल अस्पताल लगिएको बताइएको छ ।

एक जना वरिष्ठ प्रहरी अधिकारी विपुल सुक्लाले गर्वा जिल्लाको चिन्जो क्षेत्रमा वामपन्थी विद्रोहीहरुको उपस्थिति रहेको जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...