तेह्र आतङ्ककारी मारिए



हाम्रो इकोनोमि

अफगानिस्तानको पूर्वी प्रांन्त गजनीमा भएको दुई वटा छुट्टाछुट्टै घटनामा १३ आतङ्ककारी मारिएका छन् ।

स्थानीय अधिकारीले बुधबार दिएको जानकारीअनुसार पहिलो घटनामा नवा जिल्लाको मिर्जा कार्ली गाउँमा भएको हो ।

सो गाउँमा विस्फोटक पदार्थले भरिएको एक सवारी साधनलाई लक्ष्य गरी अफगान सेनाको हेलिकोप्टरबाट कारबाही गरिएको थियो ।

कारबाहीमा परी सात आतङ्ककारी मारिनुका साथै अन्य तीन घाइते भएको प्रान्तीय सरकारका प्रवक्ता मोहमद अरिफ नुरीले सिन्ह्वा समाचार समितिलाई बताउनुभएको छ ।

सेनाको हेलिकोप्टरले लक्ष्य गरिएका ती आतङ्ककारीहरु केही भने एक भवनमा गजनी प्रान्तका सुरक्षा अधिकारीहरुलाई लक्ष्य गरी कारबम बनाउनमा व्यस्त रहेका थिए ।

त्यसैगरी दोस्रो घटना गजनी प्रान्तको बाहिरी इला शाहबाज क्षेत्रमा भएको छ । सो क्षेत्रमा बारुदी सुरुङ्ग बनाउन व्यस्त रहेका तालिबान आतङ्ककारीहरुलाई लक्ष्य गर्दै सेनाले गोली प्रहार गरेको थियो ।

सो घटनामा छ जना तालिबान आतङ्ककारी मारिएका छन् । मङ्गलबार सुरक्षा अधिकारी र तालिबान आतङ्ककारीबीच जारी रहेको झडपमा तीन सुरक्षा अधिकारी घाइते भएका थिए ।

अफगानिस्तानको राजधानी काबुलबाट १२५ किलोमिटर दक्षिणमा रहेको स्थानमा गत दुई हप्ता यता सुरक्षा अधिकारी र तालिबान आतङ्ककारीबीच झडप जारी रहेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...