विराटनगर मनपाद्वारा ऐन र कार्यविधि पारित



विराटनगर महानगरपालिकाको दोस्रो नगरसभाबाट २१ वटा भिन्नभिन्न ऐन, कानून, नियमावली र कार्यविधि पारित गरेको छ ।

विराटनगरस्थित वीरेन्द्र सभागृहमा मंगलबार दिनभर चलेको नगरसभामा विराटनगर महानगरका प्रमुख भीम पराजुलीले प्रस्तुत गर्नुभएको ऐन, कानून, नियमावली र कार्यविधि पारित भएका हुन् ।

आर्थिक ऐन २०७५÷७६, विनियोजन ऐन २०७५÷७६, निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण कार्यविधि नियमावली २०७४, नगर कार्यपालिका कार्यविभाजन नियमावली २०७४, करारमा प्राविधिक कर्मचारीसम्बन्धी कार्यविधि २०७५, नगर कार्यपालिका कार्यविभाजन नियमावली २०७४, नगर कार्यपालिका बैठक सञ्चालनसम्बन्धी कार्यविधि २०७४, नगर कार्यपालिका कार्य सम्पादन नियमावली २०७५ र आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानून २०७४ पारित गरिएको हो ।

यस्तै, स्थानीय तहको प्रशासकीय कार्यविधि ९नियमित गर्ने० ऐन २०७५, न्यायिक समिति ९कार्यविधिसम्बन्धी० ऐन २०७४, कर्मचारी व्यवस्थापन ऐन २०७५, बजार अनुगमन निर्देशिका २०७५, सहकारी ऐन २०७५, एफएम रेडियो ९सञ्चालन तथा व्यवस्थापन० कार्यविधि २०७५, कृषि व्यवसाय प्रवद्र्धन ऐन २०७५, ९घ० वर्गको निर्माण व्यवसायी इजाजतपत्रसम्बन्धी कार्यविधि २०७५, स्थानीय राजपत्र प्रकाशनसम्बन्धी कार्यविधि २०७५, उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन ऐन २०७५, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ र गैरसरकारी संस्था ९सञ्चालन तथा व्यवस्थापन० निर्देशिका २०७५ लाई नगरसभाले पारित गरेको छ ।

नगरसभाले स्थानीय तहको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश २०७४ अनुसार आव २०७५÷७६ का लागि विभिन्न सेवाको शुल्क तथा दस्तुर तोकेको छ । नागरिकताको सिफारिश रु पाँचबाट बढाएर रु ५० र नाता प्रमाणित प्रतिव्यक्ति सिफारिश रु २५ बाट बढाएर रु ५० कायम गरेको छ ।

नगरसभाले प्लास्टिक उद्योग, टायर रिसोलिङ उद्योग, केमिकल उद्योगजस्ता प्रदूषण फैलाउने उद्योगका लागि सिफारिश दिँदा रु तीन हजारदेखि रु १२ हजार तोकेको छ । प्रदूषण नफैलाउने साना तथा मझौला उद्योगको दर्ताका लागि रु दुई हजार कायम गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सिंहदरबारमा प्रचण्ड, माधव र राजेन्द्र श्रेष्ठ भेट

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

तेल बेचेर नाफा कमायौं भन्दै निगम रमाउने दिन धेरै छैन : मन्त्री भण्डारी

    उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेड तेल

प्रेस चौतारीको महाधिवेशन उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

    नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको फागुन २५-२७ गतेसम्म विराटनगरमा

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु