सम्झौता भएको छ महिना बित्यो अझै पाएन् पीडित नर्सले क्षतिपूर्ति



हाम्रो इकोनोमि

स्वास्थ्य मन्त्रालयले धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रलाई सम्झौताबमोजिम पीडित नर्सलाई एक साताभित्र क्षतिपूर्ति दिन निर्देशन दिएको छ ।

छ महिनाअघि मानवअंगमा कार्यरत नर्सद्वय त्रजिता जती र सजिना धौलालाई अन्याय भएको विषय बाहिर आएपछि देशव्यापी नर्स आन्दोलन भएको थियो । न्याय पाउनुपर्ने विषयसहित नर्सका अन्य विषयलाई लिएर नेपाल नर्सिङ संघको नेतृत्वमा आन्दोलन देशव्यापी बनेपछि गत माघमा स्वास्थ्य मन्त्रालय र नेपाल नर्सिङ संघबीच एघार बँुदे सम्झौता भएको थियो ।

सम्झौताको बुँदा नं १ मा नै मानवअंगले एक महिनाभित्र पीडितद्वय त्रजिता र सजिनालाई ७५ प्रतिशत क्षतिपूर्ति दिनुपर्ने र पुनर्वहाली गर्ने कुरा उल्लेख थियो । जागिरमा पुनस्र्थापन भए पनि अहिलेसम्म क्षतिपूर्ति नपाएको भन्दै पीडितद्वयले आन्दोलन शुरु गरी भोकहडताल गर्ने चेतावनी दिएपछि मन्त्रालयले नेपाल नर्सिङ संघ, मानवअंगका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र पीडितलाई बोलाएर छलफल गरेको थियो ।

मन्त्रालयका सचिव डा पुष्पा चौधरीले कार्यकारी निर्देशक श्रेष्ठलाई एक हप्ताभित्र सम्झौताबमोजिम क्षतिपूर्ति दिन निर्देशन दिनुभएको छ । तर कार्यकारी निर्देशक श्रेष्ठले भने मन्त्रालयले आधिकारिक रुपमा पत्र नआएसम्म रकम नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “मौखिक रुपमा भनेर कसरी दिनु मन्त्रालयले कुन शीर्षकबाट रकम दिने भन्ने खुलाएर पत्र दियो भने म एक मिनेट ढिलो नगरी पैसा दिन्छु, अन्यथा सकिँदैन, व्यक्तिगत रुपमा मैले दिने कुरा भएन ।”

पीडित नर्स सजिना धौद्याले अब क्षतिपूर्ति नपाए भोकहडताल गर्ने त्यसको जिम्मेबार मन्त्रालय, मानवअंग र नर्सिङ संघ हुने चेतावनी दिनुभएको छ । मन्त्रालयले नै नेतृत्व गरी गरेको सम्झौतामा मानवअंगलाई लिखित पत्र नदिइनु विषयप्रति गम्भीर नभएको पीडितको भनाइ छ । मन्त्रालयले आइतबार अस्पतालका नाममा पत्र पठाउने बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...