३३ किलो सुन तस्करीमा उच्च तहका पात्र जेलमा पर्ने गृहमन्त्री थापको भनाई, को हो ठुलो माछा



गृहमन्त्री रामबहादुर थापा बादलले साढे ३३ किलो सुन तस्करीको छानविनमा उच्च निकायका व्यक्ति तानिन सक्ने बताएका छन् । उनले समयमा काम पूरा नगर्ने ठेकेदारलाई पनि कानूनको दायरामा ल्याइने बताए ।

प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री थापाले सुन तस्करीको अनुसन्धान जारी रहेको र भविष्यमा उच्च तहका पात्र पनि तानिन सक्ने बताएका हुन् ।

‘सुन तस्करी प्रकरणमा उच्च निकायका व्यक्ति किन कानूनको घेरामा आएनन् भन्ने प्रश्न छ, जहाँसम्म अनुसन्धान पुगेको छ, अनुसन्धान जारी छ । भविष्यमा उच्च तहका पात्र कानूनको घेरामा आउन सक्छन्’ मन्त्री थापाले भने ।

नेमकिपाका सांसद प्रेम सुवालले सुन तस्करीमा उच्च राजनीतिक संलग्नता छ कि छैन? भनि सोधेको प्रश्नमा मन्त्री थापाले उच्च पात्र कानूनको घेरामा आउन सक्ने बताएका हुन् । तर उनले यसवारेमा धेरै बोलेनन ।

पहुँचवाला ठेकेदारलाई कारवाही गर्न कुन शक्तिले रोक्या ?

गृहमन्त्री थापाले समयमा काम पूरा नगर्ने ठेकेदारलाई कारवाही गर्ने बताए । ‘क्षेत्राधिकारको हिसावले यो भौतिक योजना मन्त्रालयको जिम्मेवारी हो । भौतिक मन्त्रालयसंगको समन्वयमा सरकारी काम अलपत्र पारेका ठेकेदारमाथि कानुन सम्मत कार्वाही हुन्छ’ मन्त्री थापाले भने ।

जिल्लाका ठेकेदारलाई कारवाही गरेपनि काठमाडौंका पहुँचवाला ठेकेदारलाई कारवाही गर्न कुन शक्तिले रोकेको हो ? भन्ने सांसद विमल श्रीवास्तवको प्रश्नमा गृहमन्त्री थापाले काम नगर्ने त्यस्ता ठेकेदारमाथिको कारवाही जारी रहेको बताए । उनले त्यस्तो कारवाही कानून सम्मत हुने पनि प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक

देशभर मनसुनी वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

     देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्य

बाढीपहिरोमा परी २३९ को मृत्यु , १८ जना अझै बेपत्ता

    अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु