कोरियामा एक नेपालीले आकाशे पुलबाट हाम फालेर आत्महत्या, यस्तो छ कारण



हाम्रो इकोनोमि

दक्षिण कोरियामा इपिएसमार्फत काम गर्न आएका एक युवाले आफू गैरकानुनी भएपछि तनावमा आएर आत्महत्या गरेका छन् । कास्की जिल्ला पोखरा बाझपाटन निवासी ३२ वर्षीय बलबहादुर गुरुङले बुधबार रातको १ बजे सउलको आकाशे पुलबाट हाम फालेर आत्महत्या गरेका थिए ।

कोरियामा इपिएस प्रणाली अनुसार रोजगारस्थल परिवर्तन गर्ने क्रममा तोकिएको ३ महिनाभित्र नयाँ कार्यस्थल प्रवेश गर्न नसके भिसा अवधि समाप्त भई अबैधानिक हुने प्रवाधान रहेको छ । यसरी नै अबैधानिक हुन पुगेका गुरुङले तनाबमा आएर आत्महत्या गरेको तमुधीँ कोरिया र कास्की परिवार कोरियाले संयुक्त विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।

मृतक गुरुङ्क इपिएसमार्फत पहिला पनि कोरिया आई चार वर्ष १० महिना कार्यसमय पूरा गरी नेपाल फर्केर पुनः दोस्रो पटक आएका थिए ।

कोरिया आएका मृतकका पत्नी र परिवारकै सहमतिमा आगामी आइतबार उनको शवलाई कोरिया मै अन्त्येष्टी गरिने भएको छ । अस्पताल र अन्त्येष्टीको लागि आवश्यक खर्च जुटाउन एनआरएन कोरियाको संलग्नतामा आर्थिक सहयोग अभियान आव्हान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...