नेकपा विरुद्ध कांग्रेसको खतरनाक तयारी, गगनले सम्हाले कमाण्ड, सभामुख र उपसभामुख फरक फरक दलको नभए सिहदरवार घेर्ने चेतावनी



नेपाल कम्युनिष्ट पार्टीको मनोमानीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघर्षको तयारी गरेको छ। प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक फरक दलको हुने व्यवस्था कार्यान्वयन नभएको भन्दै कांग्रेसले संसदभित्रैबाट संषर्घ गर्न लागेको हो।

सरकारले संवैधानिक व्यवस्थालाई कुल्चिएको भन्दै कांग्रेसले संसदमा फरक पार्टीको सभामुख र उपसभामुख हुने व्यवस्था तत्काल कार्यान्वयन नगरे संसद चल्न नदिने तयारी गरिरहेको एक नेताले बताए। यो कामको कमाण्ड प्रखर युवा नेता गगन थापाले सम्हालेका थिए।

कांग्रेस बाहेकका अन्य दलले समेत संसदमा यो विषय उठान गर्दै आएका छन । तर सत्ता पक्षले भने सभामुख र उपसभामुख हाल कुनै कुनै दल विशेषको नभएको भन्दै सो विषयमा प्रवेश गर्नु आवश्यक नभएको बताउँदै आएको छ ।

कांग्रेस सांसद गगन थापाले संसदमा फरक दलको सभामुख र उपसभामुख हुने संवैधानिक विषयलाई सत्ता पक्षले कांग्रेसको चासो र कांग्रेसको विषय मात्र हो भनेर व्यवस्थालाई नै खिल्ली उडाउँने काम गरेको बताए । उनले यसको हिसाब संसदमै हुने चेतावनी समेत दिए।

प्रतिक्रिया दिनुहोस
हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक

देशभर मनसुनी वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

     देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्य

बाढीपहिरोमा परी २३९ को मृत्यु , १८ जना अझै बेपत्ता

    अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु