तरुण दलले यसरी हाने ओलीलाई वाण, नयाँ नारा, पाँच हजारको नाराले दुख पाए साराले



हाम्रो इकोनोमि

काङ्ग्रेसको भातृ संगठन तरुण दलले महंगी र भ्रष्टाचार बढेको तथा अदालत र प्रेश स्वतन्त्रताको सरकारले नै अपमान गरेको भन्दै प्रदर्शनसहित विरोधसभा गरेको छ ।

तरुण दलका नेता कार्यकर्ताहरु बुधबार काठमाडौको रत्नपार्कस्थित शान्ति बाटिकामा  भेला भएर प्रदर्शनसहित विरोधसभा गरेका हुन् ।

विरोधसभामा तरुण दलका अध्यक्ष जीतजंग बस्नेत लगायतले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा अध्यक्ष बस्नेतले महंगीले सर्वसाधारण जनाताको चुल्हो बल्नै नसक्ने अवस्थामा पुग्दा पनि सरकार भने र्दु तिहाइको दम्भ देखाएर बसेको अरोप लगाए ।

उनले बामपन्थी सरकारका क्रियाकलाप जनसरोकारका मुद्दामा केन्द्रीत हुनुको साटो राज्यसंयन्त्रको दुरुपयोग गर्नेतर्फ केन्द्रीत हुन थालेकाले तरुणदलले विरोध गर्नुपरेको बताए ।

विरोधसभाअघि तरुण दलका कार्यकर्ताहरु बालाजु, कलंकी, कोटेश्वर, लगनखेल लगायतबाट रत्नपार्क पुगेका थिए ।

पछिल्लो समय पिवक्षी काँग्रेसले सरकारमाथि दवाव बनाउने नीति ल्याएको छ ।

संसदमा पार्टी आफै सत्तापक्षसँग भिडेको छ भने सडकमा उसले भातृसंस्थालाई उचालेको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...