तरुण दलले यसरी हाने ओलीलाई वाण, नयाँ नारा, पाँच हजारको नाराले दुख पाए साराले



हाम्रो इकोनोमि

काङ्ग्रेसको भातृ संगठन तरुण दलले महंगी र भ्रष्टाचार बढेको तथा अदालत र प्रेश स्वतन्त्रताको सरकारले नै अपमान गरेको भन्दै प्रदर्शनसहित विरोधसभा गरेको छ ।

तरुण दलका नेता कार्यकर्ताहरु बुधबार काठमाडौको रत्नपार्कस्थित शान्ति बाटिकामा  भेला भएर प्रदर्शनसहित विरोधसभा गरेका हुन् ।

विरोधसभामा तरुण दलका अध्यक्ष जीतजंग बस्नेत लगायतले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा अध्यक्ष बस्नेतले महंगीले सर्वसाधारण जनाताको चुल्हो बल्नै नसक्ने अवस्थामा पुग्दा पनि सरकार भने र्दु तिहाइको दम्भ देखाएर बसेको अरोप लगाए ।

उनले बामपन्थी सरकारका क्रियाकलाप जनसरोकारका मुद्दामा केन्द्रीत हुनुको साटो राज्यसंयन्त्रको दुरुपयोग गर्नेतर्फ केन्द्रीत हुन थालेकाले तरुणदलले विरोध गर्नुपरेको बताए ।

विरोधसभाअघि तरुण दलका कार्यकर्ताहरु बालाजु, कलंकी, कोटेश्वर, लगनखेल लगायतबाट रत्नपार्क पुगेका थिए ।

पछिल्लो समय पिवक्षी काँग्रेसले सरकारमाथि दवाव बनाउने नीति ल्याएको छ ।

संसदमा पार्टी आफै सत्तापक्षसँग भिडेको छ भने सडकमा उसले भातृसंस्थालाई उचालेको छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...