केन्द्रीय कारागारमाक्षमता दोब्बर बन्दीकैदी, यस्तो छ बन्दीको हालत



हाम्रो इकोनोमि

सुन्धारास्थित कारागार कार्यालय, जगन्नाथ देवलको क्षमताभन्दा बढी कैदी रहेको पाइएको छ ।

महान्यायाधिवक्ताको कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगको टोलीले गरेको अनुगमनमा उक्त कारागारमा क्षमताभन्दा बढी कैदी रहेको पाइएको हो ।

कारागारका प्रमुख गणेशप्रसाद भट्टराईले भौतिक संरचनाको अभावमा कारागारमा रहेका बन्दीलाई सुविधा दिन नसकिएको बताउनुभयो । उहाँले प्रहरी अनुसन्धान र न्याय दिन ढिलो हुने गरेकाले बन्दीलाई समस्या भएको बताउनुभयो ।

विसं १९७१ मा स्थापना भएको उक्त कारागारको क्षमता एक हजार २५० भए पनि अहिले कारागारमा करीब दुई हजार ७५० कैदी र थुनुवा रहेको कारागारका प्रमुख गणेशप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले क्षमताभन्दा बढी कैदी रहेकाले कैदीलाई बस्न पनि समस्या भएको बताउनुभयो ।

उहाँले भौतिक संरचनासमेत जीर्ण रहेकाले उक्त कारागारबाट अन्यत्र सारी कैदीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले कारागारमा क्षमताभन्दा बढी कैदी र थुनुवा भएकाले समस्या परेको बताउनुभयो ।

“भौतिक संरचना साना भएकाले कैदी र थुनुवालाई अलगअलग राख्नुपर्ने भएको छ”, उहाँले भन्नुभयो, “पहिलेभन्दा कारागारको अवस्थामा सुधार भए पनि अझै स्वास्थ्य खानेपानी र बस्न खानमा समस्या रहेको छ ।”

महान्यायाधिवक्ता खरेलले प्रशासनिक र मुद्दाका मामिलामा समस्या देखिएको बताउनुभयो । “समयमा कैदी र थुनुवाका फैसला नहुनेजस्ता समस्या देखिएका छन्”, उहाँले भन्नुभयो, “अब ती समस्यालाई महान्यायाधिवक्ता कार्यालयले सम्बोधन गर्नेछ ।” उहाँले साउनदेखि कैदीलाई दिइँदै आएको रकम रु ६५ बढाउन थालिएको समेत जानकारी गराउनुभयो ।

आयोगका सदस्य सुदीप पाठकले संयुक्त राष्ट्र संघले तयार पारेको अन्तर्राष्ट्रिय मान्यताअनुरुप कारागार नभएको बताउनुभयो ।

“कारागारमा कैदीको खान बस्नदेखि स्वास्थ्य, शिक्षाका न्यूनतम आधारसमेत पूरा नभएको देखियो”, उहाँले भन्नुभयो, “राज्यले दिएको सुविधा पनि अपर्याप्त भएकाले सुविधा बढाउनु पर्छ ।”

कार्यालयका शाखा अधिकृत श्रवणकुमार साहले कारागार ऐन–२०१९ र कारागार व्यवस्थापन नियमावली–२०२० अनुसार कैदी र थुुनुवालाई अलगअलग राख्ने हो भने समस्या समाधान हुने बताउनुभयो ।

उक्त कारागार कार्यालयमा केन्द्रीय बन्दीगृहमा एक हजार ६४७, भद्र बन्दीगृहमा ७७० र महिला बन्दी गृहमा ३२९ जना रहेका छन् ।

महिला बन्दीमा बसिरहेकी शारदा श्रेष्ठले महिलामाथि फितलो अनुसन्धान गरेर फसाउन थालिएकाले धेरै महिला निर्दोष भएर बन्दी जीवन बिताइरहेको गुनासो गर्नुभयो । उहाँले धेरै निर्दोष महिला कारागारमा परेको हुनाले महिलाका बारेमा सत्यतथ्य छानबिन गर्नुपर्ने बताउनुभयो ।

अर्का बन्दी पासाङ तामाङले खानेपानी, स्वास्थ्य र बस्नका लागि समस्या भएको बताउनुभयो । उहाँले वर्षा हुनासाथ बस्ने ठाउँमा पानी चुहिने गरेको बताउनुभयो । बन्दी जीवनमा मनोरञ्जन गर्नका लागि साधनसमेत नभएको उहाँको गुनासो छ ।

कारागारमा ३५० जना विदेशीमध्ये २६ जना महिला रहेका छन् । विदेशीहरु बढीजसो लागुऔषध कारोवार र प्रवेशाज्ञा अनुमतिपत्र सकेर नेपाल बसेकाहरु रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...