मरिच तस्करीका चार तस्कर थुनामा



हाम्रो इकोनोमि

राजश्व अनुसन्धान विभाग काठमाडौँले मरिच तस्करीमा संलग्न रहेको आरोपमा चारजनालाई थुनामा राखेको छ । अन्य एक व्यापारीलाई काठमाडौँ लगिएको छ ।

गत जेठ २१ गते प्रहरीले वीरगञ्ज भन्सार नाकाबाट १२ टन २०० किलो मरिच भारततर्फ तस्करी गर्न लैजाने क्रममा वीरगञ्ज महानगरपालिका– ५ कुम्हाल टोलका सञ्जय अग्रवाल पटवारी, भारतीय ट्रक चालक धर्मेन्द्र कुमार, भन्सार क्लियरिङका एजेन्ट वीरेन्द्र गुप्ता र दिलीप श्रीवास्तवलाई पक्राउ गरी थुनामा राखेको हो । उत्तम अग्रवाललाई पर्सा प्रहरीमार्पmत सोधपुछका लागि काठमाडौँ पठाइएको छ ।

मरिच तस्करीमा संलग्न व्यापारी अग्रवालले धरौटी रकम रु तीन करोड ७६ लाख ८० हजार बुझाउन नसकेपछि उनलाई जेल चलान गरिएको राजश्व अनुसन्धान विभागका अनुसन्धान निर्देशक ध्रुव पोखरेलले जानकारी दिनुभयो । उहाँलाई हाल नख्खु जेलमा राखिएको छ ।

राजश्व विभागले थालेको प्रारम्भिक अनुसन्धानका क्रममा अग्रवाल दोषी पाइएको थियो । एक वर्षदेखि वीरगञ्जसहित आसपासका नाकाबाट ठूलो परिमाणमा विदेशबाट आयातित मरिच महंगोमा बेच्न वीरगञ्जका व्यापारी सक्रिय थिए । गत जेठ २१ गते राति वीरगञ्ज भन्सार नाकाबाट भारतीय ट्रकमा भारत पठाउन लागिएको १२ टन २०० किलो मरिच प्रहीले बरामद गरेको थियो ।

निर्देशक पोखरेलसहितको टोलीले वीरगञ्जको दुईवटा व्यापारिक प्रतिष्ठानमा छापा हानी कागजपत्र जफत गरेको थियो । तेस्रो मुलुकबाट मरिच ल्याई व्यापार गर्ने ठूलो समुह वीरगञ्जमा सक्रिय रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...