कांग्रेसले बहिष्कार ग¥यो संसद, कांग्रेसबिनै बैठक सञ्चालन, अब सडकमा उत्रने चेतावनी



हाम्रो इकोनोमि

 

वजेट एकपक्षीय र असन्तुलित भएको भन्दै असन्तुष्टी जनाउंदै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको उपस्थितिविनै प्रदेश ५ को प्रदेश सभा वैठक शुरु भएको छ ।

यसअघि १ बजे बस्दै आएको वैठक बुधबार (आज) १२ बजे नै शुरु भएको छ । प्रदेश सभा बैठक शुरु भइरहदा प्रदेश सभामा आएका कांग्रेसका सांसदहरु संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको कार्यकक्षमा बसेका छन् ।

बुधबारको बैठकको सुरुमा बोल्दै नेकपाका सांसदहरु भुमिश्वर ढकाल र दधिराम शर्माले बजेट राम्रो र उत्कृष्ट आएको दाबी गरेका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले सत्ता पक्षले वहुमतको आडमा प्रतिपक्षी दललाई अवमूल्यन गरी प्रतिपक्षबिनै संसद वैठक सुचारु गरेर संसदीय अभ्यासको खिल्ली उडाएको आरोप लगाए ।

उनले प्रतिपक्षी दलले सबै जिल्ला र निर्वाचन क्षेत्रलाई समानुपातिक तरिकाले वजेट विनियोजन हुनुपर्ने जायज माग राख्दा पनि बेवास्ता र उपेक्षा गर्नुले सरकारको अधिनायकवादी चरित्र छर्लङ्ग भएको आरोप लगाए ।

सोमबारदेखि सुरु भएको विनियोजन विधेयकमाथिको छलफलमा सत्तापक्षकै एक दर्जन सांसदहरुले वजेट समावेशी र सन्तुलित नभएको भन्दै आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...