राजदुत नियुक्ति व्यवस्थित, मर्यादित र पारदर्शी बनाउँदै छौँ : परराष्ट्रमन्त्री



परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले राजदुत नियुक्तीलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्री ज्ञवालीले योग्यता र क्षमताको आधारमा राजदुतहरुको नियुक्ती गर्ने योजना अघि सार्दै त्यसका लागि आवाश्यक कानुन निर्माणको मस्यौदा तयार गर्ने काम भइरहेको बताए ।

नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिएको दाबी पनि गरे ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले राजदुत नियुक्ति गर्दा व्यवस्थित र पारदर्शीताको नीति अवलम्बन गर्न आवाश्यक कानुन निर्माण गर्न मस्यौदा तयार गरिरहेको बताएका छन् ।

मन्त्री ज्ञवालीले बुधबार विनियोजन विधेयकमाथि संसदहरुले उठाएको प्रश्नको जवाफ दिदै राजदुत नियुक्तिमा मापदण्डविपरित भागबण्डाका आधारमा हुने गरेको  विषयमा आएको गुनासोप्रति आफू गम्भिर रहेको भन्दै त्यसका लागि आवश्यक गृहकार्य भइरहेको बताएका हुन् । ‘राजदुत र स्थायी प्रतिनिधि नियुक्त गर्दा आधार तयार गर्न मापदण्ड, व्यवस्थित र पारदर्शीता अपनाउनुपर्छ भन्नेमा म गम्भिर छु  । राजदुत नियुक्तिको मस्यौदा तयार भइरहेको छ । आर्थिक कुटनीतिको साटो विकास कुटनीति अवलम्बन गर्ने सरकारको तयारी छ’ मन्त्री ज्ञवालीले जानकारी दिए  ।

उनले वैदेशिक व्यापार, लगानी रोजगार र सम्बन्ध विसतारका लागि  विभिन्न देशका ३० वटा राजदुतावासलाई टिओर दिएको भन्दै तिनै निकायको इण्डिकेटरका आधारमा उनीहरुको मुल्याङ्कन पनि भइरहेको बताए ।

बैदेशिक रोजगारतर्फ विभिन्न देशमा २० जना नेपालीहरु अस्पतालको कोमामा रहेको तथा ३३५ जना जेलमा रहेको जानकारी पनि दिए । उनले उनीहरुको समस्या समाधान गर्न सरकारले आवाश्यक पहल गरिरहेको जनाए ।

मन्त्री ज्ञवालीले सरकार स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्न प्रतिबद्ध रहेको भन्दै मुलुकको मुलभुत विषयमा सबैको सहमतिबाटै अघि बढ्न सरकार तयार रहेको पनि बताए । उनले आपसी विश्वास, मर्यादित, अहस्तक्षेपाको सिद्धान्त र स्वतन्त्र विदेश नीतिबाट सरकार पछि नहट्ने दाबी पनि गरे ।

उनले बहुपक्षीय मञ्चमा नयाँ विश्व सम्बन्धमा सक्रिय सम्बन्ध बढाउने तयारी भइरहेकाले विकास र सम्बृद्धिमा सहयोग पुग्ने भन्दै उनले श्रमिकको हितका लागि वैदेशिक रोजगारीका लागि पहिचान भएका मुलुकहरुमा नयाँ सम्बन्ध स्थापित गदै अघि बढ्ने प्रयासमा सरकार रहेको जानकारी दिए ।

प्रधानमन्त्री केपी ओलीको हालै भएको चीन र भारत भ्रमणपछि नेपालसँगको परम्परागत सम्बन्धमा थप बल पुगेको बताए ।

बैदेशिक रोजगारीका लागि जाने महिलाहरुको सुरक्षाका लागि सरकारले आवाश्यक कानुन बनाउन पहल गर्ने बताए ।

मन्त्री ज्ञवालीले नेपालको तराईमा हुने डुबान समस्या समाधानका लागि आवश्यक तयारीको कामलाई तीव्रता दिइएको पनि स्पष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस
हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक

देशभर मनसुनी वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

     देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्य

बाढीपहिरोमा परी २३९ को मृत्यु , १८ जना अझै बेपत्ता

    अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु