जलेश्वरका सातजना वडाध्यक्षले यसकारण गरे आन्दोलन



हाम्रो इकोनोमि

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका सातजना वडाध्यक्ष नगरपालिकाविरुद्ध नै अनियमितता र भ्रष्टाचारको विरुद्धमा आन्दोलनमा उत्रेका छन् ।

जलेश्वर नगरपालिकाका–१ का वडाध्यक्ष अनिल कुमार झा, वडा नं २ का बरुण दाहाल, ६ का रवीन्द्र साह, ७ का रामछविला यादव, ८ का विजय सिंह, ९ का रवीन्द्र यादव र १० का विकाउ दास आन्दोलनमा उत्रेका छन् ।

उनीहरुले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै आफूहरु नगरपालिकामा भइरहेको अख्तियार दुरुपयोग, मनपरि, अनियमितता र भ्रष्टाचारको विरुद्धमा आन्दोलनमा उत्रेको जनाएका छन् । आन्दोलनकारी वडाध्यक्षले प्रमुख रामशंकर मिश्रले आफूहरुको वडाभित्र एउटा चिमसमेत लगाउने अधिकार रहन नदिएको र वडाभित्र विभिन्न कार्यक्रम गर्दा आफूहरुसँग कुनै पनि सोधपुछ वा समन्वयसमेत नगरेको आरोप लगाएका छन् ।

उनीहरुले सरुवा भइसकेका र २४ घण्टामा तोकिएको ठाउँमा हाजिर हुने आदेशसमेत आइसकेका इञ्जिनियर माधवेन्द्र चौधरीलाई प्रमुख मिश्रले जालझेल गरी झुठो बहुमतबाट जनप्रतिनिधिको निर्णय गरेर रोकिराखेको र उनीमार्फत नगरपालिकामा करोडौँको भष्ट्राचार गराइरहेको आरोप लगाएका छन् ।

जम्मा १२ वटा वडा रहेको जलेश्वर नगरपालिकाको सातजना वडाध्यक्ष आन्दोलनमै रहेको बेला प्रमुख मिश्रले पाँचजना वडाध्यक्ष र मनोनीत सदस्यको संख्यालाई बहुमतको संख्या बताउँदै विभिन्न योजनामा करोडाँै रुपैयाँ हिनामिना गरिरहेको आन्दोलनकारी वडाध्यक्षले आरोप लगाएका छन् ।

उनीहरुले सरुवा भइसकेका इञ्जिनियर चौधरीले जलेश्वर नगरपालिका–२ स्थित आफ्नो घरमै नपाको सम्पूर्ण आवश्यक फाइल लगेर कामकाज गरिरहेको र आफूहरुले के, कुन काम कहाँ भइरहेको छ त्यसको लागतलगायतका कुरा सोध्दा तपाईको सरोकार नरहेकोजस्ता जवाफ दिने गरेको तथा नगरपालिकामा आफूहरुको विरोधमा गुण्डा परिचालन गरेर मेयर तथा इञ्जिनियरले मनोमानी ढंगले नगरपालिकाका करोडाँै रुपैयाँ भ्रष्टाचार गर्न लागेको आरोप लगाएका छन् ।

आन्दोलनकारी वडाध्यक्षले इञ्जिनियर चौधरीलाई तुरुन्त नेपाल सरकारले सरुवा गरेको ठाउँमा नपठाए र मेयरले आफ्नो भ्रष्टाचारी गतिविधि तुरुन्त नरोकेमा सातजना वडायक्षले आउँदो आइतबारदेखि नगरपालिकामा क्रमशः अनसन, रिले अनसन र आमरण अनशनमा बस्ने चेतावनी पनि दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...