पूर्वराजाले काठमाडौंमा जन्मदिन नमनाउने, लागे नेपालगन्ज तिर, कसलाई भेटदैछन त्यहाँ



हाम्रो इकोनोमि

पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटकको जन्मदिन काठमाडौंमा नमनाउने भएका छन् । दुई हप्ता लामो ‘टुर’का लागि नेपालगन्ज जान लागेका पूर्वराजाले उतै जन्मदिन मनाउने भएका हुन् ।

उनी असार २० गते नेपालगन्ज जाँदैछन् । उनका साथमा श्रीमती कोमल पनि जाने निजी सचिवालयले जनाएको छ । पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन भने असार २३ गते पर्छ ।

पूर्वराजाले नेपालगन्जको सोल्टि होटलमा जन्मदिन मनाउने तयारी गरेको उनको निजी सचिवालयले जनाएको छ । यसअघिका वर्षहरुमा उनले निर्मल निवासमा जन्मदिन मनाउदै आएका थिए ।

उनी असार २३ बाट ७२ वर्षमा प्रवेश गर्नेछन् । साताव्यापी जन्मोत्सव मनाउने गरि काठमाडौंमा यज्ञप्रसाद आचार्यको अध्यक्षतामा ३५ सय ७२ सदस्यीय मूल आयोजक समिति गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...