६ मुस्लिमसहित ८ देशलाई अमेरिका प्रवेशमा प्रतिबन्ध, अदालतले भन्यो– ट्रम्पको निर्णय ठीक छ



हाम्रो इकोनोमि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष ६ मुस्लिमसहित विभिन्न ८ राष्ट्रलाई अमेरिका प्रवेशमा लगाएको प्रतिबन्ध त्यहाँको सर्वोच्च अदालतले सदर गरेको छ ।

ट्रम्पले गत वर्ष मुसलमान बहुल ६ देशसहित  ८ देश सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिकहरूलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए । यो निर्णयले ट्रम्पको अन्तर्राष्ट्रिय जगतमा आलोचना भएको थियो ।

तर त्यहाँको सर्वोच्च अदालतले ट्रम्पको निर्णय सदर गरिदिएको छ । न्यायाधीशको मत अनुसार हुने फैसलामा ४ न्यायाधीशले सदर गर्न नहुने अडान लिएका थिए भने ५ ले समर्थन जनाएका थिए । ट्रम्पको पक्षमा १ न्यायाधीश बढी देखिएपछि ट्रम्पको कदमले वैधानिकता पाएको न्यूयोर्क टाइम्सले लेखेको छ ।

एकपछि अर्को धक्का खाइरहेका ट्रम्पको पक्षमा भएको यो फैसलालाई उनको अहिलेसम्मकै ठूलो जितका रुपमा विश्लेषण गरिएको छ ।

ट्रम्पले फैसलालगत्तै एक ट्वीट गरेर प्रसन्नता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...