६ मुस्लिमसहित ८ देशलाई अमेरिका प्रवेशमा प्रतिबन्ध, अदालतले भन्यो– ट्रम्पको निर्णय ठीक छ



हाम्रो इकोनोमि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष ६ मुस्लिमसहित विभिन्न ८ राष्ट्रलाई अमेरिका प्रवेशमा लगाएको प्रतिबन्ध त्यहाँको सर्वोच्च अदालतले सदर गरेको छ ।

ट्रम्पले गत वर्ष मुसलमान बहुल ६ देशसहित  ८ देश सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिकहरूलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए । यो निर्णयले ट्रम्पको अन्तर्राष्ट्रिय जगतमा आलोचना भएको थियो ।

तर त्यहाँको सर्वोच्च अदालतले ट्रम्पको निर्णय सदर गरिदिएको छ । न्यायाधीशको मत अनुसार हुने फैसलामा ४ न्यायाधीशले सदर गर्न नहुने अडान लिएका थिए भने ५ ले समर्थन जनाएका थिए । ट्रम्पको पक्षमा १ न्यायाधीश बढी देखिएपछि ट्रम्पको कदमले वैधानिकता पाएको न्यूयोर्क टाइम्सले लेखेको छ ।

एकपछि अर्को धक्का खाइरहेका ट्रम्पको पक्षमा भएको यो फैसलालाई उनको अहिलेसम्मकै ठूलो जितका रुपमा विश्लेषण गरिएको छ ।

ट्रम्पले फैसलालगत्तै एक ट्वीट गरेर प्रसन्नता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...