नेपालमा दाउदको कनेक्सन स् जुवादेखि सुनसम्म, नेपाल अन्तराष्ट्रिय अपराधीको खेलमैदान बन्दै



ठूला अपराधीलाई नेता र प्रहरीको संरक्षणका कारण नेपालमा अन्तराष्ट्रिय संगठन अपराध मौलाउँदै गएको छ । अन्तराष्ट्रिय अपराधीहरुले नेपाललाई अपराधको ‘ट्रान्जिट प्वाइन्ट’का रुपमा प्रयोग गर्दै आएका छन् । कुख्यात अपराधी दाउद इब्राहिमको समूहले पनि नेपालमा आफ्नो अपराधिक गतिविधि बढाउँदै लगेको छ ।

नेपालमा हुने जुवादेखि सुन र हुन्डीको कारोबारमा सो समूहको संलग्नता देखिएको उच्च सुरक्षा अधिकारीहरु बताउँछन् । तर, सो गिरोहसँग निकट व्यक्तिहरुको राजनीतिक तहमै बलियो सम्बन्ध रहेकाले अहिलेसम्म कोही पनि कारबाहीमा परेका छैनन् ।

गत आइतबार महानगरीय अपराध महाशाखाले सो समूहका एक सदस्य नागराज भन्ने नथमल अग्रवाललाई पक्राउ गर्यो ।

विगत लामो समयदेखि उनी नेपालमा हुने सट्टेबाजी धन्दाका नाइकेका रुपमा चिनिदै आएका थिए । तर, प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन ।

किनकी उनले प्रहरी लगायत सबैतिर आफ्नो सेटिङ मिलाएका थिए । दाउदको समूहसँग मिलेर उनले नेपालमा सट्टेबाजीको धन्दा चलाउँदै आएको प्रहरी अधिकारीहरु बताउँछन् । खासगरी क्रिकेटका खेलहरुमा उनले यस्तो काम गर्दै आएका छन् ।

नेपालको रहेका धेरै मारवाडी व्यवसायीहरु क्रिकेटका फ्यान हुने भएकाले उनीहरुलाई नै लक्षित गरी अग्रवाल बाजी लगाउने काम गर्दै आएका थिए । गत महिना सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल)मा उनले करोडौं पैसा उठाएका थिए । जसमध्ये राजेश सिंह लगायत ६ जना व्यक्तिसँग मात्र उनले २ करोड ४० लाख रुपैयाँ उठाएका थिए । उनीहरुले बाजी जिते तर अग्रवालले उनीहरुलाई पैसा दिएनन् । तिनै पीडितहरुले प्रहरीमा उजुरी गरेपछि अग्रवाल पक्राउ परेका हुन् ।

उनी गोवामा क्यासिनोमा जुवा खेलाउने व्यक्ति हुन् । टेबल किनेर उनले जुवा खेलाउने गर्दथे । जसमा पनि अन्र्डरवल्र्ड माफियासँग उनको सम्बन्ध रहेको स्रोत बताउँछ ।

२ वर्षअघि प्रहरीले उनका भाईको गिरोहमा आबद्ध २ जनालाई न्यूरोडमा पक्राउ गरेको थियो । त्यतीबेला पनि उनले प्रहरीमा सेटिङ मिलाएर आफुलाई जोगाएका थिए ।

उनीसँगै मिलेर विगतमा सट्टेबाजको धन्दा चलाउने गौरव तिवारीको समूहलाई पनि प्रहरीले गत महिना पक्राउ ग¥यो । पछि विवाद भएपछि तिवारीले सिधैं आफैं नेपाल एजेन्ट भएर काम सुरु गरेका थिए । उनले पनि अन्तराष्ट्रिय माफिया समूहसँगै मिलेर काम गर्दै आएका छन् ।अग्रवालको भन्दा प्रहरीमा उनको सेटिङ राम्रो छ । सोही कारण पक्राउ परेको ६ दिनमै उनी २ सय रुपैयाँ धरौटीमा छुटे । अहिले काठमाडौंका सबै प्रहरीका हाकिमहरुलाई मिलाएर उनले विश्वकपमा बाजीको धन्दा चलाइरहेका छन् ।

नेपालमा अन्तराष्ट्रिय माफियाहरुको चलखेल नयाँ विषय होइन । २५ वर्षदेखि नै नेपालमा अन्तराष्ट्रिय गिरोहहरु सक्रिय छन् । दाउद इब्रामिक र छोरा राजन समूहको टक्करबाट नेपालमा मन्त्री समेत भएका मिर्जा दिलसाग बेगको हत्या भएको थियो । २०५५ साल असार १५ गते उनको हत्या भएको थियो ।

दाउदसँग मिलेर नेपालमा धन्दा गरेको आरोपमा उनको हत्या राजन समूहले गोली हानी हत्या गरेको थियो ।त्यसपछि कमल नेपाली, जमिम शाह लगायत व्यक्तिहरु पनि अन्तराष्ट्रिय माफिया समुहकै टक्करका कारण मारिएको बताइन्छ ।

सुन तस्करीमा दाउदको कनेक्सन खोजिदै

यतिबेला सुन तस्करीको अनुसन्धानमा बिशेष अनुसन्धान टोली गठन गरिएको छ । जसले ४० भन्दा धेरै व्यक्तिहरुलाई पक्राउ गरिसकेको छ । जसमध्ये केही हाइप्रोफाइल व्यक्तिहरु समेत छन् ।

सो गिरोहले करिब १७ अर्ब रुपैयाँ बराबरको ३८ सय केजी सुन विमानस्थलबाटै तस्करी गरेको थियो । जसमध्ये धेरै सुन भारत लगिएको थियो ।

अनुसन्धान टोलीले पछिल्लो समय गिरोहका नाइकेहरुमाथि छानबिन गरिरहेको छ । जसमा ४ जना व्यापारीहरु पक्राउ परेका छन् ।

ठूला व्यापारीक घरानियाहरुसँग मिलेर नेपालमा व्यापार गर्दै आएका विमल पोदार, अकबर शाह, इम्तियास अली र प्रभात अग्रवालमाथि समितिले छानबिन गरिरहेको छ ।

पक्राउ परेका चारै जना अन्तराष्ट्रिय माफिया गिरोसँग सम्बन्ध भएको आरोपित व्यक्ति हुन् । उनीहरुमध्ये केहीको दाउदका निकट व्यक्तिहरुसँग हिमचिम रहेको स्रोत बताउँछ । गिरोहका मुख्य पात्र चुडामणि उप्रेती ‘गोरे’ ले तस्करीमा दाउदको समेत संलग्नता रहेको सूचना यसअघि नै प्रहरीलाई दिइसकेका छन् । कलकात्तामा बसेर सुन ‘रिसिभ’ गर्ने दुई व्यापारीहरु दाउद समूहका व्यक्ति भएको उप्रेतीको भनाई छ ।

‘गोरेले भनेअनुसार तस्करीमा दाउदको सम्बन्ध खुल्दै गएको छ,’ अनुसन्धान टोलीका एक अधिकारी भन्छन्,‘दुबइमा रहेका केही व्यक्तिहरु समेत दाउदसँग निकट छन् ।

’ दुबईलाई दाउदको अखडा मानिन्छ । जहाँबाट उनले तस्करी तथा हुन्डीको साम्राज्य चलाउँदै आएका छन् । नेपालमा तस्करी भएको सुन दुबईबाट नै आएको थियो ।

राजनीतिक प्रभाव बिना अनुसन्धान टोलीले काम गरेमा नेपालमा दाउदको कनेक्सनका धेरै कुराहरु खुल्ने छन् । स्रोतका अनुसार कालो धनलाई सेतो बनाउन सो गिरोहको पैसा समेत नेपालमा लगानी गरिएको छ ।

केही रेस्टुरेन्ट,मेडिकल कलेज उद्योगहरुमा लगानी गरिएको छ । केही चर्चित व्यापारीहरुले त्यसरी नेपालमा लगानी गरिरहेका छन् । त्यस्ता समूहले अन्य व्यक्तिको नाममा घर जग्गा समेत जोडेका छन् । राजधानीका केही अपार्टमेन्टमा त्यस्तै समूहको लगानी छ ।

नेपालमा दैनिक करोडौंको हुन्डीको कारोबार भइरहेको छ । यसमा पनि अन्तराष्ट्रिय गिरोह संलग्न छ ।  विगतमा गठन भएका विभिन्न छानबिन समितिहरुले समेत अन्तराष्ट्रिय गिरोहको नेपालमा बढेको चलखेल नियन्त्रण गर्न सरकारलाई सुझाव दिएको थियो । तर, त्यो कार्यान्वायन भएन । जसकारण उनीहरु थप शक्तिशाली हुँदै गएका छन् ।

हुन्डी, सुन तथा अवैध जुवा खेलाउने गिरोहका नाइकेहरुको प्रहरीका हाकिम तथा नेताहरुसँग राम्रो सम्बन्ध छ । त्यसकारण विगतमा पटक पटक सुन तस्करीमा ठूला व्यक्तिहरु जोडिए पनि त्यसउपर गम्भीर छानबिन हुँदैन थियो ।

हुन्डीका ठूला कारोबारीहरु अहिले पनि पक्राउ परेका छैनन्। नेता, प्रहरी र कर्मचारीको मुख्य आर्थिक स्रोत नै यस्ता व्यापारीहरु हुन् ।

बिशेष अनुसन्धान टोलीले देशलाई नै खोक्रो बनाउने गरी भइरहेको यस्तो संगठित अपराधको अनुसन्धान गर्ने सम्भावना छ । तर, ठूला मान्छेहरु जोडिन थालेपछि समितिलाई पनि कमजोर बनाउन चलखेल सुरु भइसकेको छ ।

त्यस्तो समितिभित्रकै केही व्यक्तिहरु चलखेलमा लागेपछि अन्तराष्ट्रिय माफिया गिरोहका नेपाल एजेन्टहरु यसपटक पनि कानुनी दायरामा आउने सम्भावना कम छ । जसले नेपालमा अन्तराष्ट्रिय अपराधीहरुको खेलमैदान बन्ने जोखिम बढ्दै गएको छ । दृष्टि साप्ताहिक

प्रतिक्रिया दिनुहोस
हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक

देशभर मनसुनी वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

     देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्य

बाढीपहिरोमा परी २३९ को मृत्यु , १८ जना अझै बेपत्ता

    अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु