सांसदमा प्रेम सुवालको मन्त्रीलाई प्रश्न घुसको पैसा प्रधानमन्त्रीसम्म पुग्छ रे नि



हाम्रो इकोनोमि

प्रतिनिधिसभाको मंगलबार जारी बैठकमा नेपाल मजदुर पार्टीका नेता तथा सांसद प्रेम सुवालले सरकारले गरिरहेका कामबारे कडा प्रश्न गरेका छन् ।

संसदमा सम्बोधन गर्नेक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटालाई एनसेलले कर नर्तिनुको कारण सोधे । सुवालले बास्कोटालाई प्रश्न गर्दै भने, ‘एनसेलले निर्वाचनका समयमा पार्टीलाई साढे एक अर्ब रुपैयाँ दियो रे त्यही भएर अलिहे राजश्व नतिरेको हो ?’

सांसद सुवालको प्रश्नको जवाफ दिँदै मन्त्री बास्कोटाले एनसेलले दिएको चन्दाका विषयमा आफूलाई थाहा नभएको भन्दै कानुनी दायरामा ल्याएर तिर्नुपर्ने कर तिराउने बताए ।

त्यस्तै सुवालले कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाललाई प्रश्न गर्दै मालपोतमा भएको कमिशन तन्त्रको जवाफ मागे ।

उनले भने, ‘मातलपोतका कर्मचारीले प्रायः सबैसँग कमिशन लिने गरेको सुनिन्छ । उनीहरुलाई यसबारे सोध्दा राष्ट्रपतिसम्म त पुग्छ कि पुग्दैन थाहा छैन । प्रधानमन्त्री सम्म पुर्‍याउनै पर्छ रे भन्दारहेछन् । वास्तविकता केहो ? यो तपाईंहरुसम्म आइपुग्ने हो ?’

मन्त्री खनालले भ्रष्टाचार नियन्त्रणका लागि सरकार गम्भिर भएर लागेको भन्दै यो विषय भने आफूलाई जानकारी नआएको बताए । उनले हाँस्दै भने, ‘भ्रष्टाचार नियन्त्रणमा जुटेका छौं । तपाईंले भनेजस्तो भ्रष्टाचारको कुरा चाँही मलाई थाहा छैन ।’

त्यस्तै सांसद सुवालको तेस्रो प्रश्न थियो कानुन न्याय तथा संसदीय मामिला मन्त्रीलाई । उनले न्यायलयमा हुने बेतिथि नियन्त्रणको कुरा उठाउँदै सोधे, ‘न्यायलयले माफियाको कब्जाबाट उन्मुक्ति कहिले पाउँछ ?’ जवाफमा मन्त्री तामाङले न्याय क्षेत्रका विकृति विसंगती हटाउने बताउँदै न्यायलयको स्वच्छता कायम राख्ने बताए ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...