सांसदमा प्रेम सुवालको मन्त्रीलाई प्रश्न घुसको पैसा प्रधानमन्त्रीसम्म पुग्छ रे नि



हाम्रो इकोनोमि

प्रतिनिधिसभाको मंगलबार जारी बैठकमा नेपाल मजदुर पार्टीका नेता तथा सांसद प्रेम सुवालले सरकारले गरिरहेका कामबारे कडा प्रश्न गरेका छन् ।

संसदमा सम्बोधन गर्नेक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटालाई एनसेलले कर नर्तिनुको कारण सोधे । सुवालले बास्कोटालाई प्रश्न गर्दै भने, ‘एनसेलले निर्वाचनका समयमा पार्टीलाई साढे एक अर्ब रुपैयाँ दियो रे त्यही भएर अलिहे राजश्व नतिरेको हो ?’

सांसद सुवालको प्रश्नको जवाफ दिँदै मन्त्री बास्कोटाले एनसेलले दिएको चन्दाका विषयमा आफूलाई थाहा नभएको भन्दै कानुनी दायरामा ल्याएर तिर्नुपर्ने कर तिराउने बताए ।

त्यस्तै सुवालले कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाललाई प्रश्न गर्दै मालपोतमा भएको कमिशन तन्त्रको जवाफ मागे ।

उनले भने, ‘मातलपोतका कर्मचारीले प्रायः सबैसँग कमिशन लिने गरेको सुनिन्छ । उनीहरुलाई यसबारे सोध्दा राष्ट्रपतिसम्म त पुग्छ कि पुग्दैन थाहा छैन । प्रधानमन्त्री सम्म पुर्‍याउनै पर्छ रे भन्दारहेछन् । वास्तविकता केहो ? यो तपाईंहरुसम्म आइपुग्ने हो ?’

मन्त्री खनालले भ्रष्टाचार नियन्त्रणका लागि सरकार गम्भिर भएर लागेको भन्दै यो विषय भने आफूलाई जानकारी नआएको बताए । उनले हाँस्दै भने, ‘भ्रष्टाचार नियन्त्रणमा जुटेका छौं । तपाईंले भनेजस्तो भ्रष्टाचारको कुरा चाँही मलाई थाहा छैन ।’

त्यस्तै सांसद सुवालको तेस्रो प्रश्न थियो कानुन न्याय तथा संसदीय मामिला मन्त्रीलाई । उनले न्यायलयमा हुने बेतिथि नियन्त्रणको कुरा उठाउँदै सोधे, ‘न्यायलयले माफियाको कब्जाबाट उन्मुक्ति कहिले पाउँछ ?’ जवाफमा मन्त्री तामाङले न्याय क्षेत्रका विकृति विसंगती हटाउने बताउँदै न्यायलयको स्वच्छता कायम राख्ने बताए ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...