जीति तथा कार्यक्रम पारित नभएका कारण विकासका काम प्रभावित



हाम्रो इकोनोमि

वीरगञ्ज महानगरपालिकाको बजेट, नीति तथा कार्यक्रम पारित हुन नसक्दा विकास निर्माणको काम प्रभावित हुने भएको छ ।

बन्दसत्रमा १६२ सदस्यमध्ये ११९ सदस्यले बहिष्कार गरेपछि हालसम्म परिषद् बैठक स्थगित छ । जिल्लाको अधिकांश नगरपालिका र गाउँपालिकाको परिषद् सम्पन्न भइसके पनि वीरगञ्जको परिषद् सदस्यको बहिष्कारका कारण नीति तथा कार्यक्रम पारित हुन नसकेको हो ।

महानगरपालिकाको वडाध्यक्षले पाउने सेवा सुविधा जस्तै आफूहरुले पनि पाउनुपर्ने माग राख्दै नगर सदस्यहरुले परिषद्को बन्दसत्र बहिष्कार गरेका हुन् । मासिक तलब रु १० हजार, मासिक १० वटा बैठक, भ्रमण भत्ता, औषधि भत्ता, बीमा व्यवस्था, मोटरसाइकल सुविधा, मासिक १० लिटर इन्धन, वडाको विकासे बजेटमध्ये ६० प्रतिशत बजेट नगर सदस्यले खर्च गर्ने गरी बाँडफाँड हुनुपर्नेलगायत माग गर्दै परिषद्को वहिष्कार गरेको वडा नं ५ का सदस्य सुरज कुर्मीले बताउनुभयो ।

महानगरपालिकाका प्रमुख विजय सरावगीले नीति तथा कार्यक्रम पारित गर्न आवश्यक ३३ प्रतिशत बहुमत आफूसँग भएको बताउनुभयो । उहाँले कानूनविपरीत कुनै काम नगर्ने बताउनुभयो ।

महानगरपालिकाका उपप्रमुख शान्ति कार्कीले आर्थिक वर्ष २०७५÷७६ को लागि रु चार अर्ब ९४ करोड ३१ लाख ७७ हजारको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...