मीनेन्द्र रिजालले यसरी हाने ओलीलाई वाण, राजा गए महाराजा आए



हाम्रो इकोनोमि

काठमाडौं-संघीय संसद अन्तर्गत मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका नेता तथा सांसद डा मीनेन्द्र रिजालले सरकारले गरेको कामको तीब्र आलोचना गरेका छन् ।

सरकार र मन्त्रीले गरेका काम प्रति तिब्र असन्तुष्टि जनाउँदै नेता रिजालले मन्त्रीहरु छाडा भएको आरोप लगाए । सम्बोधनका क्रममा सांसद रिजालले भने, ‘प्रधानमन्त्री ज्यू आफ्ना मन्त्रीहरुलाई छाडा नछोड्नु नियन्त्रणमा राख्नुस् ।’ उनले प्रतिपक्षी दललाई सरकारले धेरै सिकाएको बताउँदै आफ्नै नेतृत्वको मन्त्रिपरिषदलाई पनि सिकाए लगाम लगाउन सुझाव दिए ।

‘सरकारका मन्त्रीहरुमध्ये एकले तस्करलाई थुन्छु भन्नुहुन्छ, अर्कोले चलाउन पाइँदैन भन्नुहुन्छ । यस्तो अवस्था जारी रहँदा देश कहिले बन्छ,’ डा रिजालले प्रश्न गरे ।

भैपरी बजेट किन

उनले राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्री कार्यालयका लागि छुट्याइएको भैपरी शीर्षकको बजेटका विषयमा पनि प्रश्न उठाए । उनले भने, ‘राष्ट्रपति कार्यालयका लागि सबै शीर्षकमा बजेट छुट्याइएको छ । त्यसपछि फेरि भैपरी शीर्षकमा अर्को बजेट किन चाहियो ।’

त्यस्तै प्रधानमन्त्री कार्यालयको १४ करोड बजेट भैपरी शीर्षकमा छुट्याएको विषयमा आपत्ति जनाए । उनले यति धेरै बजेट यो शीर्षकमा किन भन्दै प्रश्न गरे । नेता रिजालले मन्त्री तथा प्रधानमन्त्रीको सवारीका क्रममा हुने जाम तथा प्लेन होल्डिङको समय धेरै रहेको भन्दै व्यवस्थापन गर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...