मीनेन्द्र रिजालले यसरी हाने ओलीलाई वाण, राजा गए महाराजा आए



हाम्रो इकोनोमि

काठमाडौं-संघीय संसद अन्तर्गत मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका नेता तथा सांसद डा मीनेन्द्र रिजालले सरकारले गरेको कामको तीब्र आलोचना गरेका छन् ।

सरकार र मन्त्रीले गरेका काम प्रति तिब्र असन्तुष्टि जनाउँदै नेता रिजालले मन्त्रीहरु छाडा भएको आरोप लगाए । सम्बोधनका क्रममा सांसद रिजालले भने, ‘प्रधानमन्त्री ज्यू आफ्ना मन्त्रीहरुलाई छाडा नछोड्नु नियन्त्रणमा राख्नुस् ।’ उनले प्रतिपक्षी दललाई सरकारले धेरै सिकाएको बताउँदै आफ्नै नेतृत्वको मन्त्रिपरिषदलाई पनि सिकाए लगाम लगाउन सुझाव दिए ।

‘सरकारका मन्त्रीहरुमध्ये एकले तस्करलाई थुन्छु भन्नुहुन्छ, अर्कोले चलाउन पाइँदैन भन्नुहुन्छ । यस्तो अवस्था जारी रहँदा देश कहिले बन्छ,’ डा रिजालले प्रश्न गरे ।

भैपरी बजेट किन

उनले राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्री कार्यालयका लागि छुट्याइएको भैपरी शीर्षकको बजेटका विषयमा पनि प्रश्न उठाए । उनले भने, ‘राष्ट्रपति कार्यालयका लागि सबै शीर्षकमा बजेट छुट्याइएको छ । त्यसपछि फेरि भैपरी शीर्षकमा अर्को बजेट किन चाहियो ।’

त्यस्तै प्रधानमन्त्री कार्यालयको १४ करोड बजेट भैपरी शीर्षकमा छुट्याएको विषयमा आपत्ति जनाए । उनले यति धेरै बजेट यो शीर्षकमा किन भन्दै प्रश्न गरे । नेता रिजालले मन्त्री तथा प्रधानमन्त्रीको सवारीका क्रममा हुने जाम तथा प्लेन होल्डिङको समय धेरै रहेको भन्दै व्यवस्थापन गर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...