सुत्केरीको पाठेघरमा समस्या भएपछि हेलिकप्टरबाट काठमाडौँ लगियो



हाम्रो इकोनोमि

जिल्ला अस्पताल तेह्रथुममा शल्यक्रिया गरिएकी सुत्केरीको पाठेघरमा समस्या भएपछि थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

म्याङ्लुङ नगरपालिका–५, अम्फुवाकी २७ वर्षीय दिलु लिम्बूको शल्यक्रिया गरी प्रसूति गराइए पनि पाठेघरमा समस्या आएपछि मंगलबार मध्याह्न काठमाडौँ लगिएको हो । दिलुको जिल्ला अस्पतालको आकस्मिक प्रसूति कक्षमा आइतबार शल्यक्रिया गरेर प्रसूति गराइएको थियो ।

उहाँले दोस्रो सन्तानका रुपमा छोरी जन्माउनुभएको छ । तर प्रसूतिका क्रममा पाठेघरमा समस्या भएको र त्यसको शल्यक्रिया गर्दा बढी रक्तश्राव भएर ज्यान जोखिममा पर्ने भएपछि जिल्ला अस्पतालले आइतबारै धरान लैजान सिफारिस गरेको थियो । हिलाम्मे सडकबाट धरान उपचारका लागि लैजाँदा झन समस्या हुने भन्दै परिवारले हेलिकप्टर भाडामा लिएर काठमाडौँ लगेका छन् ।

रु तीन लाख ६० हजार भाडामा लिएर श्री एयरमार्फत टिचिङ अस्पताल काठमाडौँ लगिएको दिलुका श्रीमान् गणेश लिम्बूले बताउनुभयो । सामान्य आर्थिक अवस्थाको परिवार भएकाले रकम जुटाउन ढिलाइ भएकाले बिरामी लैजान ढिला भएको परिवारले जनाएको छ ।

मौसम अनुकूल नभएकाले समेत सोमबार दिनभर पर्खिनुपरेको स्रोतले जनाएको छ । जिल्ला अस्पतालमा जटिल प्रकृतिका प्रसूति गराउन आकस्मिक शल्यक्रिया कक्ष स्थापना गरिए पनि ब्लड बैंक नहुँदा बिरामी सास्ती व्यहोर्न बाध्य रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
मेयर बालेन्द्र शाहलाई पितृशोक

  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ ।...

मोरङमा दुई बालिकाको हत्या

गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको...

देशभर सबै अस्पतालका नर्सहरू आन्दोलनमा

    न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित...

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना...