चीन भ्रमणबारे संसदमा ब्रिफिङ्ग, आउँदो वैशाखभित्र तातोपानी नाका खुल्छ : प्रधानमन्त्री



काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाखसम्म तातोपानी नाका खुल्ने संसदलाई जानकारी गराएका छन् ।

६ दिने चीन भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी दिँदै प्रधानमन्त्री ओलीले सन् २०१९ को मे महिनाभित्र तातोपानी नाका खुुलाउने सहमति चीन सरकारसँग भएको बताएका हुन् ।

ओलीले चीन भ्रमणका क्रममा सरकारी तवरबाट १३ र निजी रुपमा ९ वटा सम्झौता भएको प्रतिनिधिसभालाई बताए । प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणपछि दुई देशबिचको राजनीतिक सम्बन्धमा विश्वास बढेको र आर्थिक सहयोगको क्षेत्रमा प्रतिबद्धता प्राप्त भएको उल्लेख गरे ।

प्रधानमन्त्रीले सन् २०१६ मा भ्रमण गर्दा भएका सहमति सम्झौताको कार्यान्वनयको आधार यो भ्रमणबाट तयार भएको उल्लेख गरे ।

उनले संसदमा भने, ‘दुई देशले हिमालय वारपार वृतत् यातायात सञ्चालन स्थापित गर्न दुवै पक्ष सहमत भएका छौँ । भ्रमणले आर्थिक सहायतालाई अझ वृद्धि गर्न सहयोग पुगेको छ । केरुङ–काठमाडौँ र काठमाडौँ–पोखरा–लुम्विनी रेल मार्ग निर्माणका लागि संभाव्यता अध्ययन हुनेछ ।’

ओलीले उत्तर दक्षिण जोड्ने थप नाका खोल्न, कर्णाली करिडोर बनाउन, सीधा हवाइ सेवा सुरु गर्न, विद्युत आदना प्रदानका लागि संभाव्यता अध्ययन गर्ने सहमति भएको जानकारी दिए ।

त्यस्तै पेट्रोलिय पदाथए तथा ग्यास उत्खनन्को संभाव्यता अध्ययन, चीनमा नेपाली वस्तुको निर्याताका लागि सहजीकरणगर्ने, बैंकिङ्ग प्रणालीबाट आर्थिक कारोबार गर्ने, सन् २०२० नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि चीनमा पर्यटन प्रर्वद्धन गर्ने, चीनमा नेपाली विद्यार्थीलाई दिँदै आएको छात्रवितृ बढाउने समझदारी भएको ओलीले संसदलाई बताए । उनले चिनियाँ राष्ट्रपति सी जिङ पिङ र प्रधानमन्त्री लि खच्छाङलाई चाँडै नेपाल भ्रमण गर्न निम्तो दिएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले दुवै छिमेकीसँग सुमधुर सम्बन्ध राख्न चाहेको उल्लेख गरे ।

उनले संसदमा भने, ‘हामी दुई छिमेकीलाई एकका विरुद्ध अर्कालाई उचाल्ने, क्षणिक लाभका लागि प्रयोग गर्दैनौँ । दुवै छिमेकीसँग आपसी हित र सद्भाव कायम राख्न चाहन्छौँ । उनीहरुका उन्नती र प्रगतिबारे लाभ लिन चाहन्छौँ । उनीहरुको जायज चासो र चिन्तालाई बुझेका छौँ ।’

लिपुलेकबारे किन प्रश्न उठाउनु भएन ?


प्रमुख प्रतिपक्षी दलका सांसद दिलेन्द्रप्रसाद बडूले लिपुलेक विवादबारे भ्रमणका क्रममा प्रश्न नउठाएको भन्दै प्रश्न गरे । जवाफमा प्रधानमन्त्री ओली पर्याप्त तयारी नभएका कारण लिपुलेकबारे कुरा गर्न नसकेको जवाफ दिए ।

उनले एउटै भ्रमण क्रममा धेरै विषय उठाएर केही पनि नहुनुभन्दा केही विषय उठाएर निष्कर्षमा पु¥याउनु उपयुक्त हुने भएकाले लिपुलेकबारे यो भ्रमण कुरा नउठाएको उल्लेख गरे । भारत भ्रमणका उपलब्धी देखिँदै आएकाले चीन भ्रमणका उपलब्धि पनि बिस्तारै देखिने दाबी ओलीले गरे ।

‘चीन भ्रमणका उपलब्धि पनि विस्तारै देखिँदै जानेछन् । यो सरकार बनेपछि केही पनि बिग्रन दिएको छैन । भविष्यमा यस्ता विषयमा छलफल गरेर निष्कर्ष निकालिन्छ’, ओलीले संसदमा भने ।

प्रतिक्रिया दिनुहोस
हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक

देशभर मनसुनी वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

     देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्य

बाढीपहिरोमा परी २३९ को मृत्यु , १८ जना अझै बेपत्ता

    अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु