मानव तस्करीको जालो झन जटिल बन्दै, यसरी फसाउछन् जालमा



हाम्रो इकोनोमि

बाँके जिल्लाको नेपाल–भारत सीमा नाका प्रयोग गरी रोजगारका लागि अवैधरूपमा भारत तथा खाडी मुलुक जाने महिला तथा बालबालिकाको संख्या बढ्दै गएको छ ।

भारत र खाडी मुलुक गएर हराएका मध्यपश्चिमाञ्चलका महिला तथा बालबालिकाका आफन्तले यहाँस्थित माइती नेपालको कार्यालयमा खोजीका लागि दिएको निवदेनको चाँङले पनि अवैधरुपमा रोजगारका लागि खाडी मुलुक जाने महिलाको संख्या बढ्दै गएको देखाएको हो ।

उक्त कार्यालयमा आफन्त खोजीको निवेदन दिनेको संख्या १६ वर्षको अवधिमा करीब पाँच हजार पुगेको तथ्यांकमा उल्लेख छ भने यस वर्षको पाँच महिनाको अवधिमा १५० जनाले आफन्त हराएको निवेदन दिएका छन् ।

उक्त कार्यालयका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार भारत र खाडी मुलुकमा गएर हराएकामध्ये फेला परेका अधिकांश महिला तथा बालबालिकामाथि शारीरिक, मानसिक तथा यौन शोषण भएको पाइएको छ ।

बेपत्ता महिलामध्ये अधिकांश दलित, जनजाति तथा विपन्न परिवारका भएकाले अवैधरुपमा कामका लागि विदेशिने महिलाको मूल समस्या गरिबी भएको हुनसक्ने उहाँकोे भनाइ छ ।

कामको प्रलोभनमा अवैधरुपमा लगिएका महिला तथा बालबालिकामध्ये सबैभन्दा बढी खाडी मुलुक र बाँकी भारतमा हराएको हुनसक्ने अनुमान गरिएको छ । संयोजक कोइरालाका अनुसार विगत वर्षभन्दा यस वर्ष भारतमा बेचिएका महिला तथा बालबालिकाको उद्धार संख्यासमेत बढेको छ ।

महिलाको विश्वास गर्न सकिने भएकाले पनि दलालीमा लागेका महिला सोझासाझा युवतीलाई फकाउन गाउँगाउँमा सक्रिय रहेको उहाँ जोड दिनुहुन्छ ।

माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई बाँके जिल्लाको नेपाल–भारत सीमा नाकाबाट फिर्ता पठाउँदै आएकोे छ ।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...