राणा र थापा यसरी गले, दुई राप्रपा एक बनाउँने तयारी, एकिकरणपछि प्रकाशचन्द्र लोहनी अध्यक्ष बन्ने संकेत



हाम्रो इकोनोमि

काठमाडौं । पूर्वपञ्चहरू फुट्नमा कम्युनिस्ट जत्तिकै माहिर छन् । सामान्य स्वार्थ बाझिंदा समेत उनीहरूले कैयनपटक पार्टी विभाजन गरेको इतिहास छ ।

आपसी टुटफुट र विभाजनले थला परेको यही समूह प्रदेश तथा प्रतिनिधिसभाको परिणामपछि भने बेस्सरी रन्थनिएको छ । आफ्नो अस्तित्व नै संकटमा परेको बुझ्न थालेका पूर्वपञ्चहरू पार्टी एकता गर्ने भन्दै फेरि बरालिन थालेका छन् ।

यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), एकीकृत राष्ट्रवादी अभियानलगायत विभिन्न झुण्डमा पूर्वपञ्चहरू छरिएका छन् ।

राजनीतिको जग मानिने नीति, नेता, कार्यकर्ता तथा जनमत केही नभए पनि राजनीतिको रहर गरिरहेका राप्रपाका नेताहरू एकीकरणका लागि सक्रिय देखिदैछन् ।

सरकारको सहभागिताको विषयले पछिल्लो समय फुटेका कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा नेतृत्वको राप्रपाले वार्ता कमिटी गठन नै गरेका छन् ।

केही चरणमा वार्ता टोलीबीच एकताबारे छलफल नै चलेको छ । स्रोतका अनुसार, एकताबारे केही चरणमा छलफल चले पनि नेतृत्वको विषयमा अहिलेदेखि नै महाभारत पर्न थालेको छ ।

कमल थापा र पशुपति शमशेर राणा दुवै जना अध्यक्षका लागि दाबेदार छन् । उनीहरूले शुरुमै आफूनिकटका नेतामार्फत यस्तो चाहना सार्वजनिक गरिरहेका छन् ।

तर थापा र राणा दुवै जनालाई अध्यक्ष मान्न नसकिने मत उठ्न थालेको छ । थापाको स्वेच्छाचारिता र सुस्त कार्यशैलीका कारण अरु नै कोही तेस्रो व्यक्तिलाई नेतृत्व सुम्पिनु पर्ने मत बाक्लिन थालेको छ ।

अडान लिंदा बचेखुचेको शक्ति पनि सकिने भएकाले यसमा कमल थापा पनि सकारात्मक नै देखिएको राप्रपाका एक नेताले बताए ।

स्रोतका अनुसार, थापा र राणाको विकल्पमा प्रकाशचन्द्र लोहनीलाई अघि सार्ने विकल्प पनि अघि सारिएको छ । राणा र थापाभन्दा सन्तुलित र नेतृत्वको अवसरसमेत नपाएकाले उनको नाममा खासै विवाद नहुने अनुमान छ ।

लोहनीलाई कार्यकारी अध्यक्षकारुपमा अघि सारेर थापा र राणालाई कुनै सम्मानित स्थानमा राख्नेबारे पनि पञ्चहरूबीच छलफल भइरहेको बताइन्छ ।

तथापि, लोहनी अमेरिकामा रहेकाले यो विषयले गति लिन सकेको छैन । राप्रपाका एक नेताले लोहनी अमेरिकाबाट फर्किएलगत्तै एकताको विषय अघि बढ्ने बताए ।

पटक पटक सामान्य स्वार्थका कारण फुटेका पूर्वपञ्चहरू फेरि जुट्न लागे पनि कार्यकर्ताहरू उत्साहित छैनन् । विगतका तिकडमबाजी र अवसरवादी राजनीतिबाट आजित भएका नेता कार्यकर्ताहरू तत्काल जुटिहाले पनि यो दीर्घकालीन हुनेमा सशंकित नै छन् । साँघु अनलाईनबाट

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...