शेरबहादुर र रामचन्द्रलाई राजनीतिबाट सन्यास लिन गगन थापाको सुझाव, नत्र बिषेश महाधिवेशन गर्ने चेतावनी



हाम्रो इकोनोमि

कांग्रेसमा सभापति शेरबहादुर देउवा ७३ र वरिष्ठ नेता रामचन्द्र पौडेल ७४ वर्ष पुगेका छन् । पार्टी ओरालो लाग्दै गएको विषयलाई उनीहरूको उमेरसँग जोड्दै पछिल्लो पुस्ताका नेताहरू भन्छन्, ‘७० नाघेकाले अब विश्राम लिनुपर्छ ।’ तर, दुवैको छाँट त्यस्तो छैन ।

शेरबहादुर र रामचन्द्रलाई राजनीतिबाट सन्यास लिन गगन थापाको सुझाव दिएका छन । नत्र बिषेश महाधिवेशन गर्ने चेतावनी दिए ।

केही समयअघि नेता बालकृष्ण खाँणले दुवैलाई भने पनि ‘तपार्इंहरूसँग अझै नयाँ विचार केही छ भने त्यसलाई ल्याउनुहोस्, नत्र नेतृत्व हस्तान्तरणतिर लाग्नुहोस् ।’

जब नेतृत्व परिवर्तनको मुद्दा उठ्न थाल्छ, देउवा ९२ वर्षमा सत्तामा पुनस् उदाएका मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदको उदाहरण दिन्छन् । कहिले ज्योतिषले ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेको प्रसंग ल्याउँछन् ।

युवा नेताहरू भने अब ‘गर कि छाड’ को अडानमा पुगेका छन् । राज्यका तीनै तहका निर्वाचनमा पार्टी नराम्ररी हारेपछि उनीहरू शुद्धीकरणका लागि नेतृत्व परिवर्तनको जोडमा लागेका छन् । ‘

उमेरमा ७० पुगेका र क्रियाशीलताका आधारमा २० वर्ष केन्द्रीय सदस्य भएकाले विश्राम लिने प्रावधान पार्टीको विधानमा राख्दा राम्रो हुन्छ,’ खाँणले भने ।

यस्तो मापदण्ड लागू भएमा ५८ वर्षीय खाँण अवकाश लिनेको सूचीमा पर्छन् । उनी केन्द्रीय सदस्य भएको १९ वर्ष नाघेको छ । ‘म सम्मानपूर्वक अवकाश लिन तयार छु,’ उनले भने, ‘अरू सबै तयार हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...