कांग्रेसले चाल्यो सरकार विरुद्ध यस्तो चाल, हजारौँको संख्यामा काठमाडौँ ओसार्दैछ युवा, गृहमन्त्रीले सुइको पाएपछि प्रहरीलार्इ गरे एलर्ट



हाम्रो इकोनोमि

 नेपाली कांग्रेसले हेटौंडामा सभापतिहरुको राष्ट्रिय भेला सम्पन्न गरेलगत्तै कम्युनिष्ट सरकारको ज्यादती विरुद्ध ठुलै योजना बनाएको छ। कांग्रेसले सरकारको चौतर्फी हस्ताक्षेप विरुद्ध युवा भातृ संगठन तरुण दललार्इ सडकमा उतार्ने तयारी गरिरहेको छ। कांग्रेसले सरकारकाे सर्बसत्ताबादतर्फ उन्मूख कदमलार्इ राेक्न यस्ताे याेजना बनाएकाे हाे।

तरुण दलले बुधबार अपरान्ह् रत्नपार्कमा सरकारबिरुद्ध प्रदर्शन र बिरोधसभा आयोजना गर्न लागेको कांग्रेसको उच्‍च स्रोतले बताएको छ।

कांग्रेसकाे यस्ताे याेजनाबारे गृहमन्त्री राम बहादुर थापाले थापाले सूइकाे पाउने बित्तिकै प्रहरी प्रहरीलार्इ ‘एलर्ट’ हुन निर्देशन दिएका छन्।

सरकारले प्रेसमाथि गरिरहेको हस्तक्षेप, सर्बोच्च अदालतको अपमान, भ्रष्टचारबिरुद्ध प्रदर्शन र महंगी नियन्त्रणमा सरकारले देखाइरहेको उदासिनता लगायतको मुद्दामा रत्नपार्कस्थित शान्तिबाटिकामा विरोधसभा गर्न लागिएको तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले बताए ।

गत ७ गते सम्पन्न हेटौंडा भेलाबाट कम्युनिष्ट सरकार सर्बसत्ताबादतर्फ उन्मूख भएकाले प्रतिवादमा उत्रने निर्णय गरेलगत्तै कांग्रेसले तरुण–युवालाई पहिलो पटक सडक प्रदर्शनमा उतार्न लागेको हो ।
‘

अन्तिम गन्तव्य रत्नपार्कलाई बनाएर काठमाडौं बाहिरबाट पनि तरुण युवा साथीहरु शान्तिपूर्ण बिरोध प्रदर्शनमा आउनुहुनेछ’, अध्यक्ष बस्नेतले भने,‘साथीहरु ठाउँ–ठाउँमा भेला भएर जसरी सहज हुन्छ त्यसैगरी रत्नपार्कमा केन्द्रीत हुनेगरी आउनुहुनेछ तर शान्तिपूर्ण प्रदर्शन भएकाले हामी सडक अबरोध भने गर्दैनौं ।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...