एसईई परीक्षाफलको त्रुटि छानबिनका लागि समिति गठन, गल्ती गर्नेलाई पाता कस्ने तयारी



हाम्रो इकोनोमि

माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

मन्त्रालयको आजको निर्णयअनुसार गठित समितिमा मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन शाखाका उपसचिव शम्भूराज रेग्मी र इभेन्ट परियोजनाका उपसचिव दिनेश खनाल रहेका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरबाट गत शनिबार प्रकाशित परीक्षाफलमा प्राविधिक समस्या पहिचान गरी समाधान गर्दा पूर्वप्रकाशित परीक्षाफलमा केही परीक्षार्थीको मूल अभिलेखबमोजिम परीक्षाफल संशोधन भएपनि उक्त नतिजामा देखिएको त्रुटिका सम्बन्धमा यथार्थ अध्ययन गरी प्रतिवेदन पेस गर्न र आगामी दिनमा त्यसप्रकारको समस्या नै आउन नदिन अवलम्बन गर्नुपर्ने उपाय सम्बन्धमा पाँच दिनभित्र सुझाव दिन सो समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले जानकारी दिए ।

एम्बुलेन्सका चालक मापसे कारबाहीमा

व्यस्त चोक कोटेश्वरमा ट्राफिक प्रहरीको मापसे चेकिङ चल्दै थियो । अनियन्त्रित तबरले बा १६ च १५७४ नम्बरको एम्बुलेन्स हुइकिँदै कोटेश्वरतर्फ आएको देखियो । शंका लागेपछि ट्राफिक प्रहरीले एम्बुलेन्स रोक्न खोजे ।

तर, एम्बुलेन्स साइरन बजाउँदै अघि बढ्न खोज्यो । प्रहरीले ट्रयाप थाप्यो । अन्ततः एम्बुलेन्स रोकियो । चालक छेउमा प्रहरी पुग्दा टाढैबाट मापसेको गन्ध आयो । एम्बुलेन्सका चालक हितमान थामी रहेछन् ।

प्रहरीले चालकलाई एम्बुलेन्सबाट ओरालेर जाँच ग(यो । मापसे गरेको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइयो । पछि उनलाई सार्वजनिक अपराध मुद्दामा कारबाही गरियो ।

केही महिनाअघि महाराजगन्जमा पनि ना २ च ३६८३ नम्बरको एम्बुलेन्सका चालक यज्ञबहादुर गुभाजू मापसे कारबाहीमा समातिए ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...