चितवनमा बढ्न थाले पर्यटक, यि हुन घुम्नै पर्ने ठाउँ



चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा प्रवेश गर्ने पर्यटकको संख्यामा वृद्धि भएको छ । यससँगै राजस्व पनि बढेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार चालु आवको ११ महिनामा एक लाख ४५ हजार ७०७ पर्यटक भित्रिएका छन् जसमध्ये ९४ हजार ३७५ विदेशी, १८ हजार १८५ सार्क मुलुकका र ३३ हजार १४७ नेपाली रहेका छन् । यो संख्या गत आवको पूरै वर्षको भन्दा बढी हो ।

गत आवमा एक लाख ३९ हजार ९७८ पर्यटक भित्रिएका थिए जसमध्ये ८८ हजार १९ विदेशी, १५ हजार ९०६ सार्क मुलुकका र ३६ हजार ५३ नेपाली रहेका थिए ।

यसैगरी, आव २०७२÷०७३ मा ८७ हजार ३९१ मात्रै पर्यटक भित्रिएका थिए जसमध्ये ५० हजार १९३ विदेशी, छ हजार ६०६ सार्कका र ३० हजार ५९२ नेपाली रहेका थिए । त्यसवर्ष भूकम्प र नाकाबन्दीका कारण पर्यटकको संख्यामा कमी आएको थियो ।

पर्यटकको संख्या बढेसँगै राजस्व पनि बढेको छ । अर्यालका अनुसार यसवर्षको जेठ मसान्तसम्ममा रु २३ करोड ७५ लाख ६३ हजार राजस्व संकलन भएको छ । गत आवमा रु २२ करोड ५१ लाख ६३ हजार राजस्व संकलन भएको थियो भने आव २०७२÷०७३ मा १३ करोड १२ लाख २० हजार संकलन भएको अर्यालले जानकारी दिनुभयो ।

पछिल्ला वर्षमा नारायणगढ–मुग्लिन सडक विस्तारका कारण दिनमा सडक बन्द हुने भएकाले पर्यटकको संख्यामा कमी आएको थियो । आउँदो वर्षदेखि पर्यटकको संख्या उल्लेख्य वृद्धि हुने क्षेत्रीय होटल संघ, सौराहाका अध्यक्ष सुमन घिमिरेले बताउनुभयो । भूकम्प, नाकाबन्दी, सडक अवरोध जस्ता समस्या समाधान भएको भन्दै उहाँले आउँदो वर्ष उत्साहजनक रुपमा पर्यटक जिल्ला भित्रिने अनुमान गरिएको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
धवलशमशेर राणालाई गिजाको क्यान्सर

    राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर भएको छ ।

म माथी षड्यन्त्र गर्न खोज्दैछन् : रवि लामिछाने

    रास्वपाका सभापति रवि लामिछानेले सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफूलाई

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

    यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको

दशैंको टीकाको साइत असोज २६ गते ११:३६ बजे

    नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा