चितवनमा बढ्न थाले पर्यटक, यि हुन घुम्नै पर्ने ठाउँ



हाम्रो इकोनोमि

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा प्रवेश गर्ने पर्यटकको संख्यामा वृद्धि भएको छ । यससँगै राजस्व पनि बढेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार चालु आवको ११ महिनामा एक लाख ४५ हजार ७०७ पर्यटक भित्रिएका छन् जसमध्ये ९४ हजार ३७५ विदेशी, १८ हजार १८५ सार्क मुलुकका र ३३ हजार १४७ नेपाली रहेका छन् । यो संख्या गत आवको पूरै वर्षको भन्दा बढी हो ।

गत आवमा एक लाख ३९ हजार ९७८ पर्यटक भित्रिएका थिए जसमध्ये ८८ हजार १९ विदेशी, १५ हजार ९०६ सार्क मुलुकका र ३६ हजार ५३ नेपाली रहेका थिए ।

यसैगरी, आव २०७२÷०७३ मा ८७ हजार ३९१ मात्रै पर्यटक भित्रिएका थिए जसमध्ये ५० हजार १९३ विदेशी, छ हजार ६०६ सार्कका र ३० हजार ५९२ नेपाली रहेका थिए । त्यसवर्ष भूकम्प र नाकाबन्दीका कारण पर्यटकको संख्यामा कमी आएको थियो ।

पर्यटकको संख्या बढेसँगै राजस्व पनि बढेको छ । अर्यालका अनुसार यसवर्षको जेठ मसान्तसम्ममा रु २३ करोड ७५ लाख ६३ हजार राजस्व संकलन भएको छ । गत आवमा रु २२ करोड ५१ लाख ६३ हजार राजस्व संकलन भएको थियो भने आव २०७२÷०७३ मा १३ करोड १२ लाख २० हजार संकलन भएको अर्यालले जानकारी दिनुभयो ।

पछिल्ला वर्षमा नारायणगढ–मुग्लिन सडक विस्तारका कारण दिनमा सडक बन्द हुने भएकाले पर्यटकको संख्यामा कमी आएको थियो । आउँदो वर्षदेखि पर्यटकको संख्या उल्लेख्य वृद्धि हुने क्षेत्रीय होटल संघ, सौराहाका अध्यक्ष सुमन घिमिरेले बताउनुभयो । भूकम्प, नाकाबन्दी, सडक अवरोध जस्ता समस्या समाधान भएको भन्दै उहाँले आउँदो वर्ष उत्साहजनक रुपमा पर्यटक जिल्ला भित्रिने अनुमान गरिएको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...