प्रचण्ड केही दिन सिंगापुरमै रहने



हाम्रो इकोनोमि

पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर गएका नेकपा अध्यक्ष प्रचण्ड अझै केही दिन उतै रहने भएका छन् । प्रचण्डपुत्री गंगा दाहाल भने आइतबार साँझ स्वदेश फर्किएकी छिन् ।

उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोल लगायतका समस्याबाट पीडित सीताको गत साता देखि सिंगापुरमा उपचार भइरहेको छ । पत्नी सीताको उपचारका लागि प्रचण्ड गत असार ४ गते सिंगापुर गएका हुन् ।

पारिवारिक स्रोतका अनुसार अहिले सीता दाहाललाई चिकित्सकहरुले फिजियो थेरापी गराइरहेका छन् । तातोपानीमा डुबाएर दाहालको उपचार भइरहेको स्रोतले बताएको छ ।

अझै केही दिनसम्म फिजियो थेरापी गर्नुपर्ने भएकाले आमा र बुबालाई उतै छाडेर छोरी गंगा काठमाडौं फर्किएकी हुन् ।

पुत्रशोकको पीडालाई भुल्न नसकिरहेका बेला नेकपाका अध्यक्ष प्रचण्ड आफ्नी जीवनसंगिनीको विमारबाट थप चिन्तामा परेका छन् । जनयुद्धका बेलामा आफूलाई दुःख(सुखमा साथ दिएकी सीतालाई प्रचण्ड आफैंले सिंगापुरमा केयर गरिरहेका छन् ।

प्रचण्ड र सीताका साथमा नेपालबाटै गएकी एक जना नर्ससमेत रहेको पारिवारिक स्रोतले अनलाइनखबरलाई बतायो ।

 

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...