प्रचण्ड केही दिन सिंगापुरमै रहने



हाम्रो इकोनोमि

पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर गएका नेकपा अध्यक्ष प्रचण्ड अझै केही दिन उतै रहने भएका छन् । प्रचण्डपुत्री गंगा दाहाल भने आइतबार साँझ स्वदेश फर्किएकी छिन् ।

उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोल लगायतका समस्याबाट पीडित सीताको गत साता देखि सिंगापुरमा उपचार भइरहेको छ । पत्नी सीताको उपचारका लागि प्रचण्ड गत असार ४ गते सिंगापुर गएका हुन् ।

पारिवारिक स्रोतका अनुसार अहिले सीता दाहाललाई चिकित्सकहरुले फिजियो थेरापी गराइरहेका छन् । तातोपानीमा डुबाएर दाहालको उपचार भइरहेको स्रोतले बताएको छ ।

अझै केही दिनसम्म फिजियो थेरापी गर्नुपर्ने भएकाले आमा र बुबालाई उतै छाडेर छोरी गंगा काठमाडौं फर्किएकी हुन् ।

पुत्रशोकको पीडालाई भुल्न नसकिरहेका बेला नेकपाका अध्यक्ष प्रचण्ड आफ्नी जीवनसंगिनीको विमारबाट थप चिन्तामा परेका छन् । जनयुद्धका बेलामा आफूलाई दुःख(सुखमा साथ दिएकी सीतालाई प्रचण्ड आफैंले सिंगापुरमा केयर गरिरहेका छन् ।

प्रचण्ड र सीताका साथमा नेपालबाटै गएकी एक जना नर्ससमेत रहेको पारिवारिक स्रोतले अनलाइनखबरलाई बतायो ।

 

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...